धनुषा, २ चैत । धनुषाको गोठकोयलपुरमा ट्रयाक्टरले किचिएर बुधवार तीन जना बालिकाको मृत्यु भएको छ ।
विहान करिब ११ बजे गिद्धाबेलापट्टीबाट ईट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्रयाक्टरको स्ट्रडिंग फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षिया छोरी संजिता साफी र ठेकुवा साफीकी ५ वर्षकी छोरी प्रिया साफी रहेको ईलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।
प्रहरी निरीक्षक पवन कान्त झाका अनुसार तीनै जना वालिका शौच गर्न गएको बेला आउँदै गरेको ट्रयाक्टरको स्टेरिङ्ग फेल भएर सडक छेउमा पल्टेको हो । तीन जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ । तस्विरः शिवेन्द्र रोहिता