• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या पाँच पुग्यो

सप्तरी घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या पाँच पुग्यो

राजविराज, २७ फागुन । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका थप एक जनाको शुक्रवार विहान उपचारको क्रममा मृत्यु भएको छ ।
धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सप्तरीको जमुनी मधेपुरा गाविस वडा नम्वर–१ कटवी गाउँ निवासी ५० वर्षिय ईनरदेव यादवको मृत्यु भएको हो । पेटमा गोली लागेका यादवको २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै सप्तरीमा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । उनको शवलाई भेन्टिलेटरबाट बाहिर निकालिसकिएको संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । मृतकहरुको शव सप्तरी सप्तरी सदरमुकाम राजविराज रातीसम्म पुग्ने राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
यसअघि मलेठ गाविस वडा नम्वर– २ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल, प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साह र मलेठ–४ का विरेन्द्र महतोको मृत्यु भएको थियो ।