• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी अनिश्चितकालिन बन्द, मोर्चाको बैठक जारी

सप्तरी अनिश्चितकालिन बन्द, मोर्चाको बैठक जारी

राजविराज, २४ फागुन । प्रहरीको गोलीबाट चार जनाको मृत्यु तथा तीन दर्जन घाइते भएको घटना पश्चात संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अनिश्चितकालिन सप्तरी बन्दको घोषणा गरेको छ ।
मोर्चाको बन्दले जिल्लामा लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेको छैन । बजार व्यवसाय, शिक्षण संस्था, कलकारखाना पूर्ण रुपमा बन्द रहेको छ । सदरमुकाम राजविराज तथा जिल्लाको मुख्य बजारहरुमा टायर बालेर मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
घटनाको सन्दर्भमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको आकस्मिक बैठक बैठक बसेको छ । बैठकले आगामी आन्दोलनको स्वरुप तय गर्दै आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाईन मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिएका छन् ।