• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमै अडकीयो एमालेको मेची महाकाली अभियान

सप्तरीमै अडकीयो एमालेको मेची महाकाली अभियान

राजविराज, २३ फागुन । प्रहरीको गोलीबाट चार जनाको मृत्यु तथा दुई दर्जनभन्दा बढी घाइते भएको घटनापछि नेकपा एमालेले मेची महाकाली अभियान स्थगन गरेको छ ।

एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो । घटना पश्चात अभियान सिरहातर्फ प्रस्थान गरे पछि शम्भुनाथ नगरपालिकामा समेत व्यापक अवरोध तथा ठाउँठाउँमा आक्रोशित सर्वसाधारणले राजमार्ग अवरुद्ध गरेका कारण अभियान टोली रुपनगरमा थन्किएको छ । रुपनगरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले तीन दिनका लागि अभियान नै स्थगित गर्ने निर्णय गरेको छ । रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा बसेको बैठकले यस्तो निर्णय गरेको श्रोतले जनाएको छ ।