• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सरकारबाट मधेशी मोर्चाले लिए समर्थन फिर्ता

राजविराज, २३ फागुन । मधेसी मोर्चाले पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।

सप्तरीमा प्रहरीले चलाएको गोलीबाट चार जनाको मृत्यु तथा करिब तीन दर्जन घाइते भएको घटना लगत्तै बसेको मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको आकमिस्क बैठकले यस्तो निर्णय गरेको छ । उक्त निर्णय मङ्गलवार संसद सचिवालयमा लिखित रुपमा जानकारी गराउने मोर्चाले जनाएको छ । मधेसी मोर्चाले सप्तरी घटनाको विरोधमा मङ्गलवार र बुधवार मधेस बन्द गर्ने गरेको छ ।