• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रहरीको गोलीबाट एक जनाको मृत्यु, दुई दर्जन घाइते, आधा दर्जनको अवस्था चिन्ताजनक

प्रहरीको गोलीबाट एक जनाको मृत्यु, दुई दर्जन घाइते, आधा दर्जनको अवस्था चिन्ताजनक

राजविराज, २३ फागुन । नेकपा एमालेले आयोजना गरेको मेची महाकाली राष्ट्रिय अभियान विरुद्ध प्रदर्शन गर्ने क्रममा सोमवार साँझ प्रहरीको गोलीबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीको गोलीबाट सप्तरीको मलेठ गाउँ विकास समिति वडा नम्वर–२ का अन्दाजी २५ वर्षीय सन्जन मेहताको मृत्यु भएको हो । टाउकोमा गोली लागेका मेहताको तत्कालै घटनास्थलमै मृत्यु भएको छ । एमाले अध्यक्ष केपी शर्माले ओलीले अभियानको सम्बोधन गरिरहेको अवस्थामा मोर्चाका कार्यकर्ताले औद्योगिक क्षेत्र बाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले सयौं राउण्ड अश्रु ग्यास तथा गोली फायर गरेका छन् ।
प्रहरीको गोलीबाट करिब दुई दर्जन भन्दा प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुमध्ये आधा दर्जनको अवस्था चिन्ताजनक रहेको छ । गम्भीर घाइते भएकाहरुलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।