• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका टेन्ट व्यवसायीले समेत गरे एमालेको कार्यक्रम वहिष्कार, अध्यक्ष न्यौपानेलाई चेतावनी

सप्तरीका टेन्ट व्यवसायीले समेत गरे एमालेको कार्यक्रम वहिष्कार, अध्यक्ष न्यौपानेलाई चेतावनी

राजविराज, २१ फागुन । आगामी फागुन २३ गते नेकपा एमालेले राजविराजमा आयोजना गर्न लागेको तराई मधेस लक्षित मेची महाकाली राष्ट्रिय अभियानलाई कुनै प्रकारको सहयोग नगर्ने भनी टेन्ट तथा साउण्ड व्यवसायीले घोषणा गरेका छन् ।

नेकपा एमालेले पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना हुन लागेको कार्यक्रमलाई विफल पार्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा जुटेपछि टेन्ट व्यवसायी कुनै पनि सहयोग नगर्ने घोषणा गरेका हुन् । राजविराज स्थित राजरंगशालामा आयोजना हुन लागेको कार्यक्रमकालागि टेन्ट डेकोरेशन र साउण्ड सिस्टमकालागि कृष्णा टेन्ट हाउसले जिम्मा लिए पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको आग्रह र नेकपा एमालेको मधेश विरोधी क्रियाकलाप समेतलाई मध्यनजर गर्दै आफुले एमालेलाई बैना रकम फिर्ता गरिदिएको कृष्णा टेन्ट हाउसका प्रोप्राइटर राजकुमार यादवले जानकारी दिए । मोर्चा मधेशी जनताकालागि आन्दोलनरत रहेको अवस्थामा आग्रहलाई बेवास्ता गर्न सकिने अवस्था नरहेको बताउँदै उनले न्यूज टुडेसँग भने ‘हामी पनि यही समाजका हौं, मोर्चाले हामीलाई टेन्ट सम्वन्धि कुनै पनि सामान दिएर नगर्न आग्रह ग¥यो, सोही अनुरुप एमालेबाट लिएको रकम पनि फिर्ता गरिदिएँ ।’
अभियान प्रयोजनकालागि कुनै पनि सामग्री एमालेलाई वर्तमान अवस्थामा सहयोग गर्नु वा भाडा दिनु चुनौतीपूर्ण रहेकोले आफुहरुले उक्त कार्यक्रममा सहयोग नगर्ने निष्कर्षमा पुगेको अर्का एक टेन्ट व्यवसायीले बताए । यता अन्य व्यवसायीले समेत एमालेको उक्त अभियानमा कुनै प्रकारको सहयोग नगर्ने प्रतिवद्धता जनाएका छन् ।
यसैगरी नेकपा एमालेका अध्यक्ष गोविन्द न्यौपानेले राजविराज स्थित नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीको भवनमा सञ्चालन गर्दैआएको टेक्निकल ईन्सिट्च्युटमा पार्टी गतिविधि सञ्चालन नगर्न रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले चेतावनी दिएको छ । आफुले न्यौपानेलाई एमालेको पार्टी कार्यालय चलाउन वा पार्टीको गतिविधि सञ्चालन गर्न भवन भाडामा नदिएको विशुद्ध रुपमा शैक्षिक गतिविधिकालागि भाडामा दिएको सभापति भगतले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् ।