• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वौद्ध गुम्वामा मैथिलानी विचार गोष्ठी

वीरगञ्ज, २० फागुन । मैथिली भाषा, साहित्य एवम् संस्कृतिको क्षेत्रमा कार्यरत ‘मिथिलाक अनुपम डेग’ संस्थाद्वारा शनिवार मैथिलानी विचार गोष्ठी आयोजना हुने भएको छ ।
मैथिली जागरण अभियान अन्तर्गत वीरगञ्ज स्थित भिस्वा वौद्ध गुम्बामा उक्त विचार गोष्ठी आयोजना हुन लागेको हो । अपरान्ह १ बजेदेखि सञ्चालन हुन लागेको उक्त गोष्ठीमा मैथिली भाषी महिलाहरुको सहभागीता रहने आयोजक संस्था ‘मिथिलाक अनुपम डेग’का अध्यक्ष आरती झाले जानकारी दिएकी छिन् ।