राजविराज, १९ फागुन । राजविराज–८ भलुवाही नदी पूर्व टोलमा नवनिर्मित सडकको सांसद सकलदेव सुतिहारले उद्घाटन गरेका छन् ।
रामजानकी माटो ग्राभेल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सिता प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि सुतिहारले रिबन काटेर उक्त सडकको उद्घाटन गरेका हुन् । होली पर्वको शुभकामना तथा नव निर्मित सडकको उद्घाटन कार्यक्रममा सांसद सुतिहार, विशिष्ठ अतिथि कांग्रेस जिल्ला सचिव रामकुमार यादव, जिल्ला सदस्य रामकुमार साह, महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका प्रमुख डा. सर्वेशचन्द्र मिश्र, नेपाली कांग्रेसका नगर सभापति शम्भुलाल देव, महाधिवेशन प्रतिनीधि ध्रुव देव, ईर्साद अन्सारी, पूर्व स्ववियू सभापती शशी माझी, बुथ सभापती ईन्द्र नारायण देव, नगर सचिव शत्रुधन साह, हुर्क नेपाल र तपेश्वरी समाजको कार्यक्रम संयोजक प्रदिप कुमार जोशी, युवा नेता गंगा सागर गुप्ता, युवा नेता मिन्टु मिश्रा, मनोज यादव, उमेश यादव, राजाराम यादव, राकेश ठाकुर, गिरधारीलाल साह, क्याम्पस ईकाई सभापति पार्थो सरकार समेतको उपस्थिति थियो । सांसद सुतिहारको संसदीय विकास कोषको सहयोगमा नयाँ सडक निर्माण भएको जनाईएको छ ।