• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
करेन्ट लागेर युवकको मृत्यु

सिरहा, १७ फागुन । गोलबजार नगरपालिका –५ मा करेन्ट लागेर मङ्गलवार एक युवकको मृत्यु भएको छ ।
आफ्नै घरको बिजुलीको होल्डरमा मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर बस्ने १७ बर्षीय कमलेश कुमार महतोको मृत्यु भएको हो । गम्भिर घाइते भएका महतोको उपचारार्थ भुमिजा अस्पताल गोलबजार लैजाने क्रममा बाटोमा मृत्यु भएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भईरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।