• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तोपामा नवयुग बचत तथा ऋण सहकारी

राजविराज, १५ फागुन । सप्तरीको तोपामा आइतवारदेखि नवयुग बचत तथा ऋण सहकारी संस्था सञ्चालन भएको छ ।

तोपा बजारमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय सहकारी बैंक सप्तरीका संयोजक बिश्वनाथ मण्डलले उक्त सहकारी संस्थाको उदघाटन गरे हुन् । कार्यक्रममा मण्डलले समाजको आर्थिक विकासमा सहकारी संस्थाले गरेको योगदानको प्रशंसा गरे । सहकारीका अध्यक्ष रुपेशकुमार झाको अध्यक्षतामा समपन्न उदघाटन समारोहमा स्थानिय समाजसेवीहरु बिन्देश्वर मण्डल, जगदिश मण्डल, इन्जिनयर शैलेन्द्रकुमार झा, भगवती प्रसाद दास र पत्रकार अवधेशकुमार झा लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गरे ।
संस्थाका सचिव राजकुमार दासद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष सतिशकुमार दासले स्वागत मन्तब्य ब्यक्त गरे । स्थानिय युवाहरुले तीनवर्षदेखि आफैमा संकलन गरेको बचतलाई सहकारी संस्थाको माध्यमवाट सेवा विस्तार गर्ने योजना अनुरुप संस्था स्थापना गरिएको अध्यक्ष झाले बताए ।