• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एमाले कार्यकर्ता चढेको भ्यानमा मोर्चाद्वारा आगजनी

एमाले कार्यकर्ता चढेको भ्यानमा मोर्चाद्वारा आगजनी

गौर, १५ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले नेकपा एमाले कार्यकर्ता चढेको बोलेरो भ्यानमा आइतवार साँझ आगजनी गरेका छन् ।
रौतहटको गौरमा एमाले जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन प्रयोग गरिएको भारतीय नम्बर प्लेटको बीआर ०६ पी ५४६१ बोलेरो भ्यानमा आगजनी गरेका हुन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, सांसदहरु डा. बंशीधर मिश्रलगायतका नेताहरुले सभालाई सम्बोधन गरे गईसकेपछि नेकपा एमालेको झण्डा बाँधिएको भ्यानमा आगजनी गरेको जनाईएको छ ।
यस अघि आइतवारै आयोजित सभामा अवरोध पुर्याउने क्रममा प्रहरीले बल प्रयोग गर्दा एक पत्रकारसहित मोर्चाका कार्यकर्ताहरु घाइते भएका थिए । मोर्चाका आक्रोशित कार्यकर्ताहरुले एमाले कार्यकर्ता चढेको भ्यानमा आगजनी गरेको स्थानीयवासिन्दाले जानकारी दिएका छन् ।

तस्विर साभारःनागरिक न्यूज डट्कम