• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गौरमा प्रहरी र मोर्चा बीच झडप, एक दर्जन घाइते

रौतहट, १५ फागुन । रौतहटको गौरमा आइतवार आयोजित नेकपा एमालेको कार्यक्रममा अवरोध पुर्याउने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गर्दा करिब एक दर्जन व्यक्ति घाइते भएका छन् ।
एमालेको कार्यक्रममा मोर्चाका स्थानीय नेता तथा कार्यकर्ताहरुले अवरोध पुर्याउने क्रममा प्रहरीले बल प्रयोग गर्दा मोर्चाका कार्यकताहरु घाइते भएका हुन् । एमाले जिल्ला कमिटी रौतहटले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अवरोध पुर्याउनेमाथि प्रहरीले अन्धाधुन्द लाठी चार्ज गर्दा अघिकांश घाइतेहरुको टाउको तथा शरिरको विभिन्न भागमा चोट लागेको छ ।
वरिष्ठ नेता माधव नेपाल जिल्ला आउने थाहा पाएपछि मोर्चाका कार्यकर्ताहरु गौरको विपी चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । बिपी चौकदेखि करिब चार सय मिटर पूर्व ब्यारेक फिल्डमा एमालेले कार्यक्रम आयोजना गरेको छ । भाषण चलिरहँदा पनि मोर्चा र प्रहरी बीच झडप जारी रहेको छ ।
कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, सांसदहरु डा. बंशीधर मिश्रलगायतका नेताहरु सहभागी भएका छन् । झडपका क्रममा हिमालय टेलिभिजनका रौतहट सम्वाददाता प्रभात कुमार झा सशस्त्र प्रहरीको कुटपिटबाट घाइते भएको जनाईएको छ ।

तस्विरहरुः सामाजिक सञ्जाल