• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शिव दर्शन गर्न आएका पूर्वराजालाई वीरगञ्जमा भव्य स्वागत

शिव दर्शन गर्न आएका पूर्वराजालाई वीरगञ्जमा भव्य स्वागत

वीरगञ्ज, १३ फागुन । महाशिवरात्रीका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाह यसवर्ष वीरगञ्ज स्थित अलखिया मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।
विशेष पूजाकालागि आएका पूर्व राजालाई स्थानीय सर्वसाधारण र राजसंस्था समर्थकहरूले भव्य स्वागत गरेका छन् । अपरान्ह ४ः३० मा अलखिया मन्दिरमा आईपुगेका पूर्वराजाको स्वागतमा एक घण्टा अघिदेखि यस क्षेत्रका ठूलो संख्याका बासिन्दा, सर्वसाधारण नागरिक, महिला, पुरुष, वृद्ध, युवाहरू लामवद्ध भएर बसेका थिए । पूर्वराजाको सवारीस“गै समर्थकहरूले राजा आउ देश बचाउ, राजा कसको जनताको, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा जनता एक हौं भन्ने नारा लगाएर जयजयकार गरेका छन् ।
पूर्वराजा शाह अलखिया मठबाट वीरगंजको मूख्य सडक हु“दै पैदल यात्रा गरी माइस्थान स्थित प्रसिद्ध गहवामाई मन्दिरसम्म जाने क्रममा हजारौंको संख्यामा उपस्थित शुभेच्छुक एवं सर्वसाधारण नागरिकहरूले फूलगुच्छा, फूलमाला तथा फूलको वर्षा गर्दै जयजयकार गरेका थिए । पूर्वराजाले पुष्पगुच्छा एवं फूलमाला ग्रहण गर्दै उपस्थित जन समुदायलाई हात हल्लाएर अभिवादन गरेका थिए । त्यसपश्चात पूर्वराजाले माइस्थान मन्दिरमा पनि विशेष पूजाअर्चना एवं दर्शन गरेका छन् ।
पूर्वराजाको सवारीको क्रममा सर्वसाधारणको बाक्लो उपस्थिति र भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी एवं स्वयंसेवकहरूलाई हम्मे हम्मे परेको थियो । स्वागतको लागि विभिन्न राष्ट्रवादी संघसंगठनका पदाधिकारी एवं सर्वसाधारण नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने जनकलाल साह नेतृत्वको नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय र जिल्ला कार्यालयले वीरगंजको विभिन्न ठाउ“मा ब्यानर र राष्ट्रिय झण्डा लगाएर राजाको स्वागतको तयारी गरेको देखिएको थियो ।
यसैगरी राजभक्त देशभक्त समुहका पशुपति रौनियारले आप्mनो घर अगाडी पूर्वराजा रानीको तस्विर अंकित ब्यानर लगाई स्वागत गरेका थिए । धर्मपत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह एवं मूख्य सचिव सागर तिमल्सिनाका साथमा गत फागुन ५ गते राजधानी काठमाण्डौबाट सिमरा आइपुगेका पूर्वराजा दुई हप्ते भ्रमणको क्रममा चितवनको सौराहा, मकवानपुर भ्रमण गरेका छन् ।
बिहीबार सिमरास्थित बालशखा प्रभु शम्सेर जबराको निवासमा बारा, पर्सा, रौतहट, मकवानपुर लगायत विभिन्न जिल्लाका सर्वसाधारण नागरिकहरूले भेटघाट गरी देशको वर्तमान राजनीतिक अवस्थाबारे राजा समक्ष जानकारी गराएका थिए ।