• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बन्दले मधेशको जनजीवन प्रभावित, राजविराज नपामा तोडफोड

बन्दले मधेशको जनजीवन प्रभावित, राजविराज नपामा तोडफोड

राजविराज, ११ फागुन । स्थानिय निकायको निर्वाचन घोषणाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण मधेशका जिल्लाहरुको जनजीवन पूर्ण प्रभावित भएको छ ।
मोर्चाको बन्दले सप्तरीसहित मधेशका जिल्लाहरुमा यातायातका साधन चल्न सकेको छैन । शैक्षिक संस्था, उद्योगधन्दा, वित्तीय कारोबार, व्यापार व्यवसाय समेत पूर्ण रुपमा बन्द रहेको छ । सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुको दैनिक कामकाज समेत प्रभावित भएको ।
जिल्ला स्थित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विहानैदेखि सदरमुकाम राजविराजमा प्रदर्शन गरिरहेका छन् । खुलेका सरकारी कार्यालयहरुमा समेत कामकाजमा अवरोध पुर्याएका छन् ।
यसैगरी आफुहरुको बन्द आह्वानलाई अवज्ञा गर्दै कार्यालय सञ्चालन गरेको भन्दै मोर्चाले राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृतको कक्ष र लेखाशाखामा तोडफोड गरेका छन् । गरेका छन् । तोडफोडबाट कार्यालयको सिसाहरु फुटेको जनाईएको छ ।