झापा, ०९ फागुन । झापाको डाँगीबारी ८ बिहिबारे बजारमा आइतबार टिपरले ठक्कर दिएर पैदलयात्री महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा डाँगीबारी ८ बस्ने अन्दाजी ६७ वर्षिया सन्तकुमारी राई रहेकी छन । डाँगीबारी–८ बिहिबारे बजारमा राती ८ बजे अस्थायी नम्बर ना.अ.प.पौ. ८८४ लेखिएको टिपरले ब्याक गर्नेक्रममा पछाडीबाट आउदै गरेकी राईलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारकाक्रममा बिएनसी अस्पतलामा राती ११ बजे मृत्यु भएको छ । टिपर र चालक ईलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेको छ ।