• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बेग्लाबेग्लै सवारी दुर्घटनामा ६ घाइते

विराटनगर, ०९ फागुन । पूर्वाञ्चलका बिभिन्न जिल्लाहरुमा आइतबार राती भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका २ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स. २ प १४७८ नम्बरको मोटरसाइकलले ठक्कर दिएर स्थानीय वर्ष ५७ को गंगा प्रसाद खतिवडा घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट खतिवडाको निधार र दाहिने हातमा चोट लागेको करण उनलाई उपचारकालागी न्युरो अस्पताल विराटनगर ल्याइएको छ ।
त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीकै बकधुवा ७ महुली पुलमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको स २ प २९५२ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार बाबु छोरा घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक सप्तरी कल्याणपुर ३ बस्ने बर्ष ४३ को दुर्गानन्द साह र पछाडी सवार साहका पिता बर्ष ७० को लखन साह रहेका छन् । घाइते बाबु छोराको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
यसैगरी कोशी राजमार्ग अन्तरगत मोरङको टंकिसिनुवारी २ आरती स्ट्रिप्स अगाडी आइतबार बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको स ४ प १८२९ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री मोरङ टंकिसिनुवारी १ बस्ने बर्ष ३५ को गुल्चन ऋषिदेव घाइते भएका छन । घाइते ऋषिदेवको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने ठक्कर पश्चात मोटरसाइकलसहित चालक फरार भएकाले प्रहरीबाट उनको खोजतलाश भइरहेको छ ।
त्यस्तै कोशी राजमार्ग अन्तरगत सुनसरीको धरानमा आइतबार सिटी सफारी र मोटरसाइकल सिटी सफारीमा सवार तीन जना घाइते भएका छन । भानुचोकबाट तिनकुनेतर्फ जादै गरेको को १ ह ३१११ नम्बरको सिटी सफारी र बिपरीत दिशाबाट आउदै गरेको को ५ प ५३०२ नम्बरको मोटरसाइकल राती १० बजे धरान–७ राजेश पेट्रोल पम्प अगाडी एकआपसमा ठक्कर खाएको हो । घाइते हुनेमा धरान ८ बस्ने बर्ष ४१ की गंगा विश्वकर्मा, उनका छोरा वर्ष ९ को अशोक विश्वकर्मा र वर्ष ५० की बुद्धमाया विश्वकर्मा रहेका छन् । घाईते तीनै जनाको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालक फरार रहेकाले इलाका प्रहरी कार्यालय धरानबाट उनको खोजी भइरहेको छ ।