• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
को. वर्साइनको आगलागीमा १५ घर नष्ट

राजविराज, ७ फागुन । सप्तरीको को.बरसाईन–१  का बालगोबिन्द यादवको गोठबाट सल्किएको आगोले शनिबार नजिकै रहेका अन्य १५ वटा घर जलेर नष्ट भएका छन् ।
विहान ४.३० बजेतिर गोठमा बालेको घुरबाट अचानक सल्किएको आगोले बालगोबिन्द यादवको २ वटा कच्ची घर सोही ठाउँका भुल्टेन यादवको ३ वटा घर, किसुनदेव यादवको २ वटा घर, शम्भु यादवको १ वटा घर, शैलेन्दर यादवको २ वटा घर, बद्री यादवको २ वटा घर, बिसुनदेव यादवको २ वटा घर तथा गोठमा समेत आगलागी हुँदा अन्दाजी २३ लाख ८० हजार बराबरको क्षति भएको छ । आगलागी स्थानिय मानिसहरुको सहयोगमा विहान ६ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।