• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राससका पत्रकार राजु विश्वकर्मा सम्मानित

काठमाडौँ, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस)को ५६औं वार्षिकोत्सवका अवसरमा शनिवार राससका पत्रकार राजु विश्वकर्मालाई सम्मानित गरेको छ ।
रासस केन्द्रीय कार्यालयमा आयोजित ५६औँ वार्षिकोत्सव कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकार विश्वकर्मालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । समाचार संकलनका साथै राससको भौतिक पुर्वाधार संरक्षण र सम्वद्र्धनमा बिशेष योगदान पु¥याए वापत राससको जिल्ला कार्यालय लहान सिरहाका प्रमुख समेत रहेका विश्वकर्मालाई सम्मानित गरिएको छ ।
यस्तै सञ्चारमन्त्री कार्कीले समाचार सङ्कलन तथा सम्प्रेषणका अतिरिक्त भौतिक सम्पत्तिको संरक्षण, संवद्र्धन र विस्तार कार्यमा उल्लेखनीय योगदान पु¥याएबापत रासस भरतपुर चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, रासस तुलसीपुर दाङका नारायणी रजौरे, भीमदत्तनगर कञ्चनपुरका शेरबहादुर सिंहलाई पनि दोसल्लासहित कदरपत्रबाट सम्मानित गरेका छन् । नेपाल पत्रकार महासंघ, रासस शाखाले प्रदान गरेको रासस पत्रकारिता पुरस्कारबाट राससका कार्यकारी सम्पादक विकासप्रसाद लोहनी र वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपानेलाई समेत सञ्चारमन्त्री कार्कीले पुरस्कृत गरेका छन् ।
भौगोलिक विकास क्षेत्रअन्तर्गत स्थानीय सम्वाददाताहरु पूर्वाञ्चल क्षेत्रबाट यामबहादुर प्रधान, (इटहरी, सुनसरी), मध्यमाञ्चल क्षेत्रबाट नवदीप श्रेष्ठ (नुवाकोट), पश्चिमाञ्चल क्षेत्रबाट कृष्ण दर्नाल (पाल्पा), मध्यपश्चिमाञ्चल क्षेत्रबाट रामचन्द्र न्यौपाने (डोल्पा), सुदूरपश्चिमाञ्चल क्षेत्रबाट धनबहादुर भण्डारी (डडेल्धुरा) र काठमाडौँ उपत्यका क्षेत्रबाट अच्युत रेग्मी (काठमाडौ)लाई पुरस्कार प्रदान गरिएको छ ।
उत्कृष्ट आलेख समाचार केन्द्रीय कार्यालयबाट पूर्णप्रसाद मिश्र (काठमाडौँ) आलेख ः ‘बिपी र गणेशमानलाई मृत्युदण्डबाट जोगाउन जनकमानले जागिर गुमाए’ र मोफसलबाट कविता उपाध्याय (रोल्पा), आलेखः ‘गर्भैदेखि सुरु हुन्छ महिला हिंसा’ लाई प्रदान गरिएको छ । उत्कृष्ट फोटो विधातर्फ केन्द्रीय कार्यालयबाट रत्नकृष्ण श्रेष्ठ र मोफसलबाट धनवीर महतो (महोत्तरी)लाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी उत्कृष्ट अडियो विधातर्फ केन्द्रीय कार्यालय, काठमाडौँबाट कृष्णराज गौतम र मोफसलबाट नारायण ढुङ्गाना (टाँडी, चितवन) लाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ ।
रासस कर्मचारी सङ्घको तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार मोहिनी मिश्र (अन्तराष्ट्रिय समाचार शाखा प्रमुख, रासस केन्द्रीय कार्यालय) र नीरज गौतम (रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्जका प्रमुख)लाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले रासस २० वर्षे दीर्घसेवा पदकबाट पुरस्कृत मोहम्मद सदरुल (अधिकृतस्तर आठौँ तह, वरिष्ठ समाचारदाता, रासस मेची अञ्चल कार्यालय, भद्रपुर÷झापा) र वीरेन्द्रनारायण कर्ण (अधिकृतस्तर छैठौँ तह, उपसमाचारदाता, रासस नारायणी अञ्चल कार्यालय, वीरगन्ज)लाई प्रदान गरिएको छ ।
केशव खत्री (सवारी चालक पाँचौँ तह, केन्द्रीय कार्यालय÷काठमाडौँ), फिरुराम चौधरी (कार्यालय सहयोगी पाँचौँ तह, रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्ज) र केदारप्रसाद तिमिल्सिना (कार्यालय सहयोगी, पाँचौँ सह रासस (केन्द्रीय कार्यालय, काठमाडौँ) लाई रासस २० वर्षे दीर्घसेवा पदक प्रदान गरिएको छ ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद रामचन्द्र पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, रासस बोर्ड सदस्य गंगाधर पराजुली, रासस कर्मचारी संघका अध्यक्ष मनोजकुमार लामिछाने, रासस कर्मचारी संगठनका अध्यक्ष प्रेम उपाध्याय, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का लगायतले मन्तव्य व्यक्त गरे ।