• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डा. राउतको स्वास्थ्यप्रति प्रहरीले बेवास्ता गरिरहेको छः गठबन्धन

डा. राउतको स्वास्थ्यप्रति प्रहरीले बेवास्ता गरिरहेको छः गठबन्धन

लहान, ७ फागुन । प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सी.के. राउतको स्वास्थ्यप्रति प्रहरीले बेवास्ता गरेको जनाईएको छ ।
गठबन्धनका सह–संयोजक कैलाश महतोले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो जानकारी दिएका हुन् । नेपाल प्रहरी हिरासतमा २ दिनदेखि ज्वरोले सिकिस्त बिरामी भएको खबर गर्दा पनि प्रहरीले अस्पताल लगी स्वास्थ्य परीक्षण गराउन अटेर गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
‘शुरूमा अदालतले दिएको १० दिन म्याद भित्र प्रहरीले कुनै ब्यान लिएन’ पुनः अदालत ले १० दिन म्याद थप गरेपछि २ दिन मै सबैको ब्यान सकिए पनि प्रहरीले कुनै प्रक्रिया अगाडि बढाएको छैन’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘प्रहरीले हिरासत अवधि बढ़ाई यातना दिन खोजेको कुरा भेटमा निकटलाई बताएका छन ।’ माघ २० गते घरका ताल्चा फुटाली पक्राउ गरिएको डा. राउतलाई अविलम्ब विना सर्त रिहाईको माँग गर्ने शान्तिपूर्ण कार्यक्रमबाट माघ २१ थप १२ जनालाई रौतहट र सिरहाबाट बलपूर्वक गिरफ्तार गरी हिरासतमा राखिएको विज्ञप्तिमा जनाईएको छ ।
स्वतन्त्र मधेश गठबन्धन बुद्ध, गांधी र मण्डेलाको अहिंसात्मक मार्गलाई अनुशरण गर्दै अगाडि बढेको जनाउँदै गठबन्धनका मुख्य ३ आधार स्तम्भहरू रहेको जनाईएको छ । गठबन्धन लोकतान्त्रिक व्यवस्था, शान्तिपूर्ण एवं अहिंसात्मक मार्ग अनुसार गठबन्धन आफ्ना हरेक नीतिहरू निर्धारण गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाल सरकारको कुनै पनि नियमित कार्यहरूमा कुनै बाधा व्यवधान खडाÞ गर्दैन, नेपाल सरकारका वर्तमान राजनैतिक प्रक्रियाहरूमा कुनै बाधा अडचन पु¥याउने कुनै लक्ष्य रहेको छैन’ नेपाल प्रहरीलाई डा. राउतको स्वास्थ्यसँग खेलवाड नगरी दिन आग्रह गर्दै यस बारेमा देश(विदेशका पत्रकार, कुटनितिज्ञ, राजनैतिक पार्टी, वुद्धिजीवि, मानवअधिकारकर्मी लगायत सबैमा यस्ता क्रियाकलापहरूको निगरानी गर्न बिनम्र आग्रह गर्दछु्र साथै मानवाधिकारको हनन् भइराखेको कुरा जानकारी गराउन चाहन्छौं ।’ सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आ–आफ्नो ठाउँबाट नेपाल सरकारका यस्ता क्रियाकलापलाई निरूत्साहित गर्न तथा मानवअधिकारको पूर्ण रक्षाका निम्ति पहल गरिदिन सह–संयोजक महतोले आग्रह गरेका छन् ।