• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सिंचाई बजेट कटौती गरेको भन्दै पूर्वमन्त्रीको आक्रोश

सिंचाई बजेट कटौती गरेको भन्दै पूर्वमन्त्रीको आक्रोश

राजविराज, ०५ फागुन । सप्तरी क्षेत्र नम्वर–३ का सांसद एवम् पुर्व सिंचाई मन्त्री उमेशकुमार यादवले सिंचाईकोलागि विनियोजित बजेट कटौती गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘जनतासँग सांसद कार्यक्रम’ अन्तर्गत विहिवार राजविराज स्थित जिल्ला विकास समितिको सभाकक्षमा आयोजित कार्यक्रममा बोल्दै उनले यसरी आश्चर्य व्यक्त गरेका हुन् । आफु सिचाईमन्त्री रहँदा समृद्ध तराई मधेश सिचाई विकास विशेष कार्यक्रम अन्तर्गत छुट्याईएको वजेट हालका सिचाई मन्त्री दिपक गिरीले कटौती गरेको भन्दै आक्रोश व्यक्त गरे ।
आफु मन्त्री हुनुपुर्व सप्तरीमा रहेको सिचाईको वजेट ३२ करोड भन्दा ननाघेको वताएका उनले आफुमन्त्री हुँदा उक्त वजेटलाई ३६ करोड र चालु आवका लागि १ अरव ३९ करोड बनाएको बताए । यादवले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा सो विशेष कार्यक्रमका लागि वजेट स्वीकृत भइसक्दा पनि कार्यान्वयनमा ल्याउन आलटाल भईरहेको तथा केही स्थानमा काम शुरु भए पनि कार्यान्वयनमा ढिलासुस्ती रहेको बताए ।
सोही कार्यक्रममा सवैभन्दा वढि दलित वस्ति भएको सप्तरीमा कोहि वालवालिका शिक्षाको पहुँचवाट वञ्चित नरहुन् भन्ने उद्देश्यले ४२ वटा टोल कक्षा सञ्चालन, डेढ दर्जनभन्दा बढि विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थीलाई लक्षित गरी निःशुल्क कोचिङ्ग कक्षा सञ्चालन गरिएको, ‘हरियाली जोगाऔं’ कार्यक्रम अन्तर्गत २५ हजार घरपरिवारलाई गमला सहितको वहुवर्षिय विरुवा वितरणको कार्यक्रम ल्याईएको लगायतका कार्यक्रमहरुबारे सासद यादवले बताए ।