• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी युथद्वारा हनुमान मन्दिरको बाटोमा सरसफाई

सप्तरी युथद्वारा हनुमान मन्दिरको बाटोमा सरसफाई

राजविराज, १५ माघ । ‘सरसफाइ तपाईको हात हामी युवा तपाईको साथमा भन्ने मुलनाराका साथ सञ्चालित ५० हप्ते सरसफाइ अभियान अन्र्तगत २२ औं हप्ता समेत निरन्तरता पाएको छ ।
युवाहरुद्वारा राजविराज–४ स्थित हनुमान मन्दिरदेखि पुर्व हुदै काली मन्दिरसम्मको बाटो तथा नाला सरसफाइ गरिएको हो । २२ औं साप्ताह अन्र्तगत गरिएको उक्त सरसफाईमा युवाहरुसँग आवश्यक श्रोत साधन नभएता पनी सो बाटोमा विगतदेखि बन्द अवस्थामा रहेको नालाहरु सफा गरि खुलाएका समेत थिए ।
सरसफाइमा राजविराज नगरपालिकाकाबाट ट्रयाक्टर सहयोग भएको थियो । आगामी दिनको सरसफाइकालागि राजविराज नगरपालिकाले युवाहरुलाई आवश्यक श्रोत साधन सहयोग गर्ने जानकारी राजबिराज नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत यादव प्रसाद सापकोटाले जानकारी गराए ।
सप्तरी युथद्वारा ५० हप्ते कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अगामी सप्ताहदेखि सरसफाइ गरिने बस्तीका सम्पुर्ण घरधुरीलाई उपस्थित हुन अनुरोध गर्दै अगामी सप्ताहदेखि सरसफाइकोलागि अनुरोधपत्र समेत पठाई जानकारी गर्ने ५० हप्ते सरसफाइ समितिका संयोजक मोहन यादवले जानकारी गराए । २२ औं सप्ताह अन्र्तगत गरिएको उक्त सरसफाइमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्र साह, नेता युसुफ अली लगायतका नेताहरुको सहभागिता रहेको थियो ।