• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

बगहीमा हजारौंको सहभागितामा बिटोर कार्यक्रम सम्पन्न

बगहीमा हजारौंको सहभागितामा बिटोर कार्यक्रम सम्पन्न

वीरगंज, ७ माघ । पर्साको गाविस बगहीमा शिवपूजन अर्थात बिटोर कार्यक्रम सम्पन्न भएको छ ।
६३ गाउँका हजारौं बाबाहरुको उपस्थितीमा बिशेष पुजापाठ एवं भजनकिर्तन गरी सो बिटोर कार्यक्रम सम्पन्न भएको हो । भवानीपुर कावरीयाँ संघ पर्साका उपाध्यक्ष एवं स्थानिय बगही निवासी गेनालाल पटेलको बिशेष पहलमा तथा गाउँलेको सक्रियतामा गरिएको पुजामा करिव ७ लाख खर्च गर्नुको साथै पुरै गाउँलेले दिपावली मनाई बाबाहरुको स्वागत एवं सम्मान गरिएको छ ।
भगवान शिव प्रति बिशेष आस्था रहेको बिटोरमा पहिले बस्त्र धारण गर्ने, दैनिक क्रियाकलाप गर्दा नुहाउनुपर्ने, शुद्ध सहकारी भोजन हुने, बिटोरको अन्तिम दिन पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल भाठामा श्रीपञ्मीको दिन जल अर्पण गरी सम्पन्न हुने गर्दछ । पर्सा जिल्लाको १७ वटा गाँउमा बिशेष पुजा पाठ गरी भारतको प्रयागराजबाट जल भरी पर्साको गाबिस सोनवर्षा वडा नम्वर–९ मा रहेको दुधेश्वरनाथ मन्दिरमा जल चढाउने कावरिया संघका प्रमुख मदन पटेलले बताए ।
प्रेस मञ्च नेपालका राष्ट्रिय अध्यक्ष सन्तोष पटेलको बिशेष उपस्थितिमा सम्पन्न बिटोर कार्यक्रममा भवानीपुर कावरियाँ संघका पदाधिकारीहरु जमदार मदन पटेल, खजानती दिपेन्द्र ठाकुर, उपरोहित लालबाबु ओझा, बिचारी जगरनाथ पटेल,बरिष्ठ सल्लाहकार हरीनाथ पटेल, सचिव रामशर्मा यादव, सदस्य रामपारस यादव लगायतले बिशेष पुजा पाठ गरेका थिए । बिटोरमा बगही गाउँका पुर्व गाबिस अध्यक्ष रामअयोध्या कुर्मी, समितिका कोषाध्यक्ष हिरा महतो, उपाध्यक्ष लालबाबु महतो, सचिव ध्रुव राउत लगायत स्थानियले सक्रियताका साथ बाबाहरुको स्वागत एवं सम्मान गरेका छन् ।