Top_Header_Right_Add

स्वतन्त्र मधेश गठबन्धनले मनाए बलिदानी दिवसः सडकमा ओर्लिए जनसागर (फोटो फिचर)

स्वतन्त्र मधेश गठबन्धनले मनाए बलिदानी दिवसः सडकमा ओर्लिए जनसागर (फोटो फिचर)

सिरहा, ५ माघ । स्वतन्त्र मधेश गठबन्धनले १०औं मधेश बलिदानी दिवस बुधवार सिरहाको लहानमा विशाल जनप्रदर्शनसहित भव्यताकासाथ मनाएका छन् ।
‘फ्रि मधेस’ लेखिएको प्ले कार्ड बोकेका हज्जारौं स्वराजीहरुले लहानमा बृहत जनप्रदर्शन गरेका हुन् । गठबन्धनका संयोजक डा. सिके राउतले लहान स्थित सहिद स्मारकमा माल्यापर्ण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । तत्पश्चात विशाल जनसभालाई उनले सम्वोधन गरेका छन् ।
शुरुमा स्थानीय प्रशासनले गठबन्धनको कार्यक्रममा अवरोध पुर्याउने प्रयासमा रहे पनि हज्जारौं जनमानसको सहभागिताका कारण विफल भएको थियो । कार्यक्रममा सहभागी हुन सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, धनुषालगायतका जिल्लाहरुबाट स्वराजीहरु सहभागी भएका थिए । प्रहरीले यस अघिका कार्यक्रमहरुमा अवरोध पुर्याउँदै आएको थिए ।
तस्विरहरुः रमेश मधेशी/लहान

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer