• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कोसी स्नान गरेर आज पुसी पूर्णिमा मनाईदै

राजविराज, २८ पुस । सप्तरीको कोसी व्यारेजलगायत विभिन्न जिल्लाका जलासयहरुमा नुहाएर विहीवार पुसी पूर्णिमा भव्यताका साथ मनाईदैछ ।
भारदह गाविस वडा नम्वर–१ स्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लागेको छ । व्यारेजमा स्थान गर्न सप्तरी, सिरहा, सुनसरी, भारतको पुर्णिया, लौकही, मधुवनीलगायतका जिल्लाहरुबाट हज्जारौंको संख्यामा श्रद्धालुभक्तजन आएको लक्ष्मी व्यापार संघका अध्यक्ष कुन्दन कुमार मण्डल ‘पप्पु’ले जानकारी दिएका छन् । उनका अनुसार बिहानैदेखि बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको क्रम जारी रहेको छ ।
कृषि मेलाको रुपमा समेत चिनिने यो मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीका लागि महत्वपूर्ण मानिन्छ । सप्तरीको हनुमाननगर, ईटहरी विष्णुपुर, मेगदीन चौरीया, पथरी, झनकट्टा, मलकोर लगायतका स्थानहरुमा समेत भव्य मेला लागेको हाम्रा स्थानीय सम्वाददाताहरुले जानकारी दिएका छन् ।
पुस महिनाको शुक्ल पुर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास छ । यस दिन बिहानै कोशी लगायतका जलाशायहरुमा नुहाएर मिठोचोखो खाने चलन रहेको छ । पुसी पूर्णिमाका दिन जलाशायहरुमा नुहाए पापबाट मुक्ति पाउने र गंगास्नान गरे सरह हुने जनविश्वास रहँदै आएको छ । स्नान गरेर भुजा, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाईहरु खाने गरिन्छ ।
कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने धार्मिक मान्यता रहँदैआएको छ ।तस्विरः श्यामसुन्दर यादव/न्यूज टुडे