• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

प्रतियोगिताको उपाधी इभर ग्रीन क्रिकेट टिम राजविराजले हात पारे

प्रतियोगिताको उपाधी इभर ग्रीन क्रिकेट टिम राजविराजले हात पारे

राजविराज, २४ पुस । सप्तरीको रुपनीमा सञ्चालित रुपनी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी इभर ग्रीन क्रिकेट टिम राजविराजले हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत आईतवार सम्पन्न फाइनल खेलमा योङ्ग युनाईटेड क्लब बिसनपुर सप्तरीलाई १० रनले पराजित गर्दै राजविराजले उपाधी हात पार्न सफल भएको छ । उपाधीसँगै राजविराजले नगद रु. १ लाख ५ तथा शिल्ड हात पारेको छ भने उप–बिजेता बिसनपुर टीमले नगद रु. ५५ हजार तथा शिल्ड प्रदान गरिएको छ ।
प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ्ग गरेको राजविराजले १३ ओभरमा आफ्ना सम्पुर्ण बिकेट गुमाएर ५३ रनको झिनो योगफल तयार ग¥यो । उसका कुनैपनि खेलाडीले दोहरो अंक जोड्न सकेन् । राजविराजलाई सस्तैमा समेट्न बिसनपुरका फिरदोस अन्सारी र मुकुन्द यादवले ३÷३ तथा बिधान गोस्वामी र अजय राजबंशीले २÷बिकेट लिए ।
प्रतिउत्तरमा ५४ रनको झिनो लक्ष्य लिएर मैदानमा उत्रेको बिसनपुरका अजय राजबंशीले १७ रन बनाएपनि आफ्नोे टीमलाई हारबाट जोगाउन सकेन् । राजविराजका बलरहरु चम्केपछि बिसनपुर ७ ओभर ३ बलमा ४३ रन समेटियो । राजविराजका मुना मेन्डीले ४, रोकिन सिंहले ३, मायानन्द चौधरीले २ तथा रोहित सिंहले १ बिकेट हात पा¥यो ।
फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका मुन्ना मेन्डी घोषित भए भन्ने बेष्ट बलर प्रतियोगितामा ९ बिकेट लिएका बिसनपुरका अजय राजबंशी र बेष्ट ब्याट्सम्यान प्रतियोगितामा १ सय ५० रन बनाएका फत्तेपुर टीमका चन्द्र प्रकाश भए ।
प्रतियोगिता पश्चात आयोजित पुरस्कार बितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला अध्यक्ष सुनिल झा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिनारायण महतो, रामसपाका जिल्ला अध्यक्ष सत्तिश कुमार सिंह, इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक हरिबिष्णु ढकाल, प्रेस सेन्टरका केन्द्रीय सदस्य राजु विश्वकर्मा, रायपुर गाविसका सचिव सुजल दाहाल लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरे ।