• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सन्नीको भिडिओ फिल्म फेयर अवार्डमा

बलीवुडकी चर्चित अभिनेत्री सन्नी लियोनले आम जनसमुदायको मन छुने विषयवस्तुसँग सम्वन्धित सवालमा जागरुकता फैलाउनुपर्ने बताएकी छिन् ।
आलोकनाथ र दीपक डोबरियालसँग एक भिडियोमा उनी स्तन कैंसर र धूम्रपानको विषयमा जागरुकता फैलाउने भूमिकामा छिन् । यो भिडिओ आगामी फिल्मफेयर शोर्ट फिल्म अवार्डकालागि नामाङ्कन गरिएको छ । फिल्मफेयर अवार्डमा उक्त भिडियो नामाङ्कन भएकोमा सन्न अत्यन्तै खुशी भएकी छिन् ।
यस विषयमा सन्नीले अवार्डकालागि नामाङ्कन हुनु अत्यन्तै खुशीको कुरा भएको बताएकी छिन् । धेरै भन्दा धेरै जनसमुदाय बिच पुग्न तथा जनचेतना फैलाउनमा समेत मदत मिल्नेमा उनी विश्वस्त छिन् । सन्नीले शाहरुख खानको रिलिज हुन लागेको फिल्म ‘रईस’को चर्चित गीत ‘लैला मैं लैला’ मा समेत भूमिका निभाएकी छिन् ।