• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

असन्तुष्टि समाप्त नभएसम्म कुनै चुनावको अर्थ रहँदैनः अध्यक्ष महतो

असन्तुष्टि समाप्त नभएसम्म कुनै चुनावको अर्थ रहँदैनः अध्यक्ष महतो

राजविराज, १८ पुस । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले असन्तुष्टि समाप्त नभएसम्म कुनै चुनावको अर्थ नरहने बताएका छन् ।
सप्तरीको डाढामा सोमवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । सवै नेपालीलाई समान अधिकार र अवसरका लागि संविधान संशोधन एक मात्र विकल्प रहेको बताउँदै संशोधन नभएसम्म यसको कार्यान्वयन हुन नसक्ने दावी गरे । लोकतन्त्रको सुदृढिकरणका लागि संविधानको कार्यान्वयन आवश्यक भएपनि संशोधन नगरीकन कार्यान्वयन हुन नसक्ने बताउँदै संविधान संशोधन नभएसम्म मधेशीको समस्या समाधान नहुनेमा जोड दिए । संविधान संशोधनमा एमाले प्रमुख वाधक रहेको आरोपका साथ नेता महतोले उक्त पार्टीले मधेश विरोधी चरित्र प्रदर्शन गरिरहेको नेता महतोले बताए ।
काँग्रेस र माओवादी केन्द्रले संविधान संशोधनकालागि प्रस्ताव लगेपनि अहिले एमाले त्यसको ठुलो बाधक बनेको आरोप लगाए । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह, केन्द्रिय सदस्यहरु सिताराम मण्डल, अमरनाथ मण्डल, दिपेन्द्र चौधरी, सल्लाहकार धर्मनारायण राय, जिल्ला अध्यक्ष सुनिलकुमार झा तथा नवप्रवेशी भागवत मण्डल लगायतका वक्ताले सम्वोधन गरे ।
सोही अवसरमा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य भागवत मण्डल, मधेश आन्दोलनका सहिद विरेन्द्र रामकी पत्नी वविता रामसहित एक सय ५० जना सद्भावना पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरीले जानकारी दिएका छन् ।