रानीशर्मा तिवारी
संयुक्त राष्ट्रसंघले सन् १९९९ मा २५ नोभेम्बरलाई महिला हिंसा निर्मुलनको अन्तरर्राष्ट्रिय दिवसको रूपमा मनाउने विधेयक पास गरेको थियो । हुन त यस अघी नै विश्व भरका महिला अधिकार कर्मीहरूले २५ नोभेम्बरलाई महिला हिंसा विरूद्धको दिवसको रूपमा सन् १९८३ देखि नै मनाउँदै आएका थिए । यो दिवस डोमिनिकन रिपब्लिकका तीन जना (दिदी बहिनी) राजनीतिक अधिकार कर्मीको त्यहाँका तात्कालिन शासक राफएल ट्रुजिलोले १९६०मा विभत्स हत्या गरेको दिनमा मनाईन थालेको हो । संयुक्त राष्ट्रसंघले २५ नोभेम्बर देखि मानवअधिकार दिवसको रूपमा मनाईने १० डिसेम्बर सम्म विश्वभर महिला हिंसा विरूद्धका विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको छ । यसै अनुरूप नेपालमा पनि महिला अधिकार विरूद्धका विभिन्न कार्यक्रमहरू आयोजना भईरहेका छन् ।
महिलाहरूमाथी भइरहेका विभेदका बारेमा सन् २०११मा युएन वुमनले गरेको विश्वव्यापी सर्भेमा विकसित भनिएका अमेरिकामा २४.८ प्रतिशत महिलाहरू आप्mनो घनिष्ठ पुरूष साझेदार ९क्ष्लतष्mबतभ एबचतलभच०बाट यौन तथा भौतिक हिंसाको शिाकार हुने गरेका छन् जसमा यौन हिंसाको शिकार हुने २२.१ र भौतिक हिंसाको शिकार हुने ७.७ रहेका छन् । अझ घनिष्ठ पुरूष साझेदार ९क्ष्लतष्mबतभ एबचतलभच०र अन्य समेतलाई जोड्दा जम्मा ५५ प्रतिशत महिलाहरू कुनै न कुनै रूपमा हिंसाको शिकारको हिंसाको शिकार हुने गरेका छन्, जसमध्ये यौन हिंसाको प्रतिशत १७.६ रहेको छ ।
त्यसैगरी, बेलायतमा २८.४ प्रतिशत महिलाहरू आप्mनै घनिष्ठ पुरूष साझेदार ९क्ष्लतष्mबतभ एबचतलभच०बाट हिंसाको शिकार हुने गरेका छन्, जसमा यौन हिंसा ५.९ र अन्य हिंसा १८.९ रहेको छ । अस्ट्रेलियामा २७ प्रतिशत महिलाहरू आप्mनै घनिष्ठ पुरूष साझेदार ९क्ष्लतष्mबतभ एबचतलभच०बाट हिंसा भोग्ने गरेका छन्, जसमध्ये यौन हिंसा ८ प्रतिशत र अन्य हिंसा २५ प्रतिशत रहेको छ । घनिष्ठ पुरूष साझेदार ९क्ष्लतष्mबतभ एबचतलभच०बाहेककालाई समेत जोड्दा जम्मा ५७ प्रतिशत अपट्रेलियन महिला यौन हिंसाको शिकार हुन्छन् । जसमा ३४ प्रतिशत यौन र ४८ प्रतिशतले अन्य हिंसा झेलेका छन् ।
भारतमा ३७.२ प्रतिशत महिलाले घनिष्ठ पुरूष साझेदार ९क्ष्लतष्mबतभ एबचतलभच०बाटै हिंसाको सामना गर्नु परेको छ जसमा १० प्रतिशतले यौन हिंसा र ३५.१ प्रतिशतले अन्य हिंसाको सामना गरेका छन् । यो आँकडा घनिष्ठ पुरूष साझेदार ९क्ष्लतष्mबतभ एबचतलभच०बाहेककालाई समेत जोड्दा क्रमशः ३५.४, ८.५ र ३३.५ रहको छ । सर्वेक्षणको तथ्याङ्कले विश्वमा सबै भन्दा कम महिला हिंसा हुने देश जर्जिया रहेको छ जहाँ जम्मा ५ प्रतिशत महिलाले आप्mनो घनिष्ठ पुरूष साझेदार ९क्ष्लतष्mबतभ एबचतलभच०बाट हिंसा भोग्ने गरेका छन् । त्यसै गरी सबै भन्दा धेरै महिला हिंसा भएको देश ईथियोपिया रहेको छ जहाँ ७०.९ प्रतिशत महिला आप्mनोघनिष्ठ पुरूष साझेदार ९क्ष्लतष्mबतभ एबचतलभच०बाट हिंसाको शिकार हुने गरेका छन्, जसमा यौन हिंसा ५८.६ र अन्य हिंसा ४८.७ रहेको छ ।
यसरी हेर्दा महिलाहरूमाथी विश्वभरि नै विभेद रही आएको र हिंसा हुँदै आएको छ । सामान्यतया यस विभेदको दोष विश्वका अधिकांश सभ्यतामा रहेको पितृ सत्तात्मक व्यवस्थालाई दिने गरिन्छ । हुन पनि, नेपालका एकाध, पुर्वोत्तर भारत, तिब्बत र चीनका केही आदिवासी लगायत, अमेरिका तथा अफ्रिका केही आदिवासी समाजमा अपवादको रूपमा रहेको मातृ सत्तात्मक व्यवस्था बाहेक विश्वभरी नै पितृसत्तात्मक व्यवस्थाको वर्चस्व छ ।
मातृ सत्तात्मक व्यवस्था रहेका समाजमा महिला हिंसा अपेक्षाकृत कम हुने गरेको छ । तर पुरूष सत्तात्मक समाजमा भने कुनै न कुनै रूपमा महिला माथीको विभेद र महिला हिंसा जारी छ । विकसित भनिएका अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलया लगायतका देशमा समेत महिला हिंसाका घट्ना सार्वजनिक भई नै रहेका छन् । कतिपय देशमा त कानुनले नै महिला उत्पिडनलाई बढावा दिईरहेको अवस्था छ ।
कतिपय अरब देशमा महिलालाई गाडि चलाउन समेत बन्देज छ, त्यस्तै कतिपय देशमा घरका पुरूष सदस्यलाई साथमा नलिई बाहिर निक्लेमा महिलालाई कोर्राले प्रहार गर्ने गलायतको कानुनी व्यवस्था नै गरिएको छ । अर्को तर्फ विश्वका अधिकांश देशमा महिलामाथी हुने विभेद र हिंसाको विरूद्धमा आवाज पनि उठेका छन् । कतिपय देशमा महिला हिंसा र विभेद विरूद्ध कानुन नै बनाएर पनि महिला माथीको विभेद र हिंसा कम गर्न प्रयत्न गरिएको छ ।
दक्षिण एसिया अपेक्षाकृत कम विकसित समाज मानिन्छ । यहाँ महिला विरूद्धको विभेद र हिंसा प्रकट रूपमै देखिने गरेका छ । तर कानुन बनाएर महिला विरूद्धको विभेद र हिंसा नियन्त्रण गर्ने मामिलामा यस क्षेत्रका नेपाल र भारत लगायतका देश अग्र पंक्ती मै छन् । कानुनले कुनै महिलालाई कुनै पुरूषले गलत नियतले हेरेमा वा गलत आशयले टिप्पणी (मजाक) मात्र गरेमा पनि महिला हिंसा मानिने र सजाय हुने व्यवस्था गरेको छ । पतिले समेत पत्नीको इच्छा विपरित कुनै गतिविधी गर्न नपाईने व्यवस्था गरेको छ कानुनले । तथापी कानुनमा विभिन्न कमी कमजोरी पटक पटक महिला अधिकारवादीहरूले औंल्याउने गरेका छन् ।
नेपालको कुरा गर्दा महिलामाथीको हिंसा सुन्न र कारवाही गर्न नेपाल प्रहरी भित्र महिला शेल नै स्थापना गरिएको छ । महिला हिंसा सम्बन्धी मुद्दामा प्रहरी प्रशासन तुरन्त सकृय हुने गरेको नेपाल प्रहरीको दावी छ । यसका बावजुद तथ्याङ्क केलाउने हो भने विगत वर्षहरूमा महिला हिंसाको घटनामा लगातार वृद्धि भईरहेका देखिन्छ । यसरी महिला हिंसा बढ्नुका पछाडि विभिन्न तर्क गरिन्छ । महिला हिंसा बढेको भन्दा पनि महिला माथी हुने हिंसा लुकाउने प्रवृति घटेको कारण बढी घटनाहरू प्रकाशमा आएको हुन सक्छ । तर यो तर्क मात्र पनि पर्याप्त छैन ।
महिलामाथी हुने अधिकांश घटना अझै पनि घर, टोल छिमेक, समाज र प्रहरी कार्यालयमा मिलापत्र गरेर वा डर त्रास देखाएर बाहिर आउन दिइँदैन । महिलाहरूमा रहेको चेतनाको अभाव पनि प्रमुख कारण रहेको छ महिला हिंसा बढ्नुमा । अधिकांश महिलालाई आफुलाई प्राप्त कानुनी अधिकार बारे पर्याप्त ज्ञान छैन । ज्ञान भएका हरू पनि परिवार र समाजको डरले अगाडि आउँदैनन् । हिंसा घर र समाजबाट शुरू हुन्छ । एउटा वयस्क पुरूष राती ९ बजे घर फर्कियो भने कसैले सोध्दैन उ कहाँ थियो भनेर, तर एउटी महिला ७ बजे घर फर्की भने दशथरी प्रश्नको सामना गर्नु पर्छ । महिलाले त्यसको विरूद्धमा बोली भने उ नक्कचरी हुन्छे ।
महिलामा विद्यमान दास मनोवृति र पुरूषमा रहेको पुरूष अहम् बाट शुरू हुन्छ महिला हिंसा । पुरूष चाहे पिता होस वा पुत्र, पती होस वा मित्र, देवर होस वा भाई उसले हरेका पाईलामा महिलालाई निर्देशित गर्ने प्रयत्न गर्छ । तर उसको कुनै कुरामा प्रश्न महिलाले गरी भने ठुलै रडाको मच्चिन्छ । यो पुरूष अहम्को समस्या आफुलाई निकै उदारवादी देखाउने पुरूषहरूमा समेत देखिन्छ ।
जब पुरूष अहम्मा ठेस पुग्छ अनि, गाली गलौज, हातपात वा यौन शोषणको रूपमा पुरूष अहम्को तुष्टी गर्न अघि सर्छन पुरूषहरू र हाम्रो समाजले यसलाई सामान्य रूपमै लिन्छ । तसर्थ जबसम्म पुरूष अहम्को भ्रम कायम छ, महिला हिंसा रोक्न निकै गाह्रो हुन्छ । पुरूष अह्मका विरूद्ध महिला चेतनाका कार्यक्रम संचालन एउटा उपाय हुन सक्छ हिंसा घटाउने यसका साथै भएका कानुन कडाईका साथ पालना गर्ने वातावरण राज्यले बनाउनु पर्दछ । विद्यमान कानुनमा रहेका महिला हिंसा विरूद्धको सजायका व्यवस्थालाई अझ कडा पारिनु पर्दछ । महिला हिंसा न्युनिकरणका लागि फेसबुक लगायतका सामाजिक संजालको गलत प्रयोग न्युनिकरणका उपायहरू समेत गरिनु आवश्य छ । (लेखक, तमसपाकी केन्द्रीय उपाध्यक्ष हुन् ।) (मधेश दर्पण फिचर सेवा)