राजविराज, १२ पुस । च्याम्पियन्स क्ल्व रुपनीद्वारा सञ्चालित रुपनी प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा बिष्णुपुर क्रिकेट टिम विजयी भएको छ ।
कल्याणपुर स्कोचर टिमलाई ११८ रनले पराजित गर्दै बिष्णुपुर फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले व्याटिङ्ग गरेको बिष्णुपुर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६९ रन बनायो । उसका लागि सिद्धान्त लोहनी ३९ र विधान गोस्वामीले ३५ रन बनाए ।
बलिङ्गतर्फ कल्याणपुरका जेके राइन र राजन कुमार राइनले २÷२ विकेट लिए । प्रतिउत्तरमा व्याटिङ्ग गरेको कल्याणपुर १४ ओभर ५ बलमा अलआउट हुँदै ५१ रन मात्र बनाए । उसका लागि मनिष पाठकले १३ रन बनाए । बलिङ्गतर्फ सिद्धान्त लोहनी ४ र अजय राजबंशीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच सिद्धान्त लोहनी भए । उनलाई स्थानिय समाजसेवी बसन्त यादवले पुरस्कार दिए । प्रतियोगिताको अर्काे सेमी फाइनल खेल बुधबार हुनेछ । खेलमा फत्तेपुर र इभर ग्रीन राजविराजबीच खेल हुने आयोजकका अशोक यादवले बताए ।