राजबिराज, १२ पुस । विद्यार्थीहरुको माध्यमवाट गाउँ र समाजमा रहेका सम्भावित आप्रवासी कामदारहरुलाई सुचना माथि पहुँच पुर्याउने उदेश्यले बिद्यार्थीहरु संग बैदेशिक रोजगारी वारेमा अन्तरक्रिया सम्पन्न गरेको छ ।
बैदेशिक रोजगारीमा वारेमा सही सुचना तथा सिप कै कारणवाट बिदेशमा समस्या भोग्नु नपरोस, भन्ने उदेश्यले सम्भावित आप्रवासी कामदार तथा तिनका परिवारहरुको लागी बैदेशिक रोजगार तर्फ बढी सुरक्षित तथा लाभदायक बनाउन बिद्यार्थीहरुलाई अभिमुखीकरण तालिम दिएको हो । सवल नेपालको आयोजनामा सामी÷हेल्भेटास स्वीस ईन्टरकोपरेशन नेपालको सहयोगमा सञ्चालित बिद्यालय तथा आमसंचार कार्यक्रमले बिद्यार्थीहरुको माध्यमवाट बिदेश जानेहरुलाई सबै कुराको जानकारी लिनका लागी सुचना केन्द्र मार्फत सुसुचित हुने प्रेरित गरिने उदेश्यले बिद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
बैदेशिक रोजगारमा जाने कामदारहरुलाई सही सुचना तथा परार्मश केन्द्र मार्फत सुसुचित गर्ने तथा ठगी,शोषणको सिकारवाट बच्नमा क्षमता अभिबृद्धिमा बिकास गर्ने उदेश्यले बिद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालनमा ल्याईएको छ । बैदेशिक रोजगारलाई सुरक्षित, ब्यवस्थित र मर्यादित बनाउन आप्रवासी कामदारको सुचनामा पहुँचमा सहभागीता गराउने लक्ष्यका साथ परियोजना सञ्चालनमा ल्याईएको सवल नेपालका परियोजना संयोजक असोक साहले बताए ।
जिल्ला स्थित नरबहादुर मा.बि पकरी, छिन्मस्ता भुपेन्द्र मा.बि, छिन्मस्ता, जनता मा.बि ईटहरी बिष्णपुर,एस.एल.पि मा.बि महुकी पथरगडा सहितका ५ वटा बिद्यालयका ३ सय भन्दा वढी बिद्यर्थीहरुलाई बैदेशिक रोजगारमा जानकारी गराएको सवल नेपालका कार्यक्रम अधिकृत चन्दनकुमार यादब बताए ।