• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

राष्ट्रिय भारोत्तोलनमा नेपाली सेना र नेपाल प्रहरी अग्र स्थानमा

राष्ट्रिय भारोत्तोलनमा नेपाली सेना र नेपाल प्रहरी अग्र स्थानमा

राजविराज, १२ पुस । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सप्तरी सदरमुकाम राजविराजमा सञ्चालित भारोत्तोलन प्रतियोगितामा विभागीय टोली नेपाली सेना ५ स्वर्ण ७ रजत र १ कास्य पदक प्राप्त गरी अग्र स्थानमा रहेको छ ।
अर्का विभागीय टोली नेपाल प्रहरी ४ स्वर्ण, २ रजत र २ कास्य सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी पुर्वाञ्चल २ स्वर्ण र १ रजत सहित तेस्रो स्थानमा छ । मङ्गलवार सम्पन्न महिलातर्फको ६९ केजी तौल समुहमा नेपाल प्रहरीकी राज्यलक्ष्मी थापा १ सय ३६ केजी उचालेर स्वर्ण, नेपाली सेनाकी उषा खड्काले १ सय २५ केजी उचालेर रजत तथा नेपाल प्रहरीकी जानकी वुढाले १ सय १२ केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् । महिला तर्फकै ७५ केजी तौल  समुहमा पुर्वाञ्चलकी शान्ति चौधरी १ सय ३५ केजी तौल उचालेर स्वर्ण पदक प्राप्त गरेकी छिन् । सोही तौल समुहमा १ सय २६ केजी तौल उचालेर नेपाली सेनाकी मनु कुमारी बन रजत तथा १ सय २३ केजी उचालेर नेपाल प्रहरीकी लक्ष्मी वन काश्यपदक प्राप्त गरेकी छिन् । 

 यसैगरी पुरुषतर्फको ९४ केजी तौल समुहमा नेपाली सेनाका दिनेश श्रेष्ठले २ सय ६८ केजी तौल उचालेर नयाँ किर्तिमान रच्दै स्वर्ण पदक हात पारेका छन् । आफनै नाममा रहेको पुरानो २ सय ६४ केजीको किर्तिमान भङ्ग गर्ने क्रममा उनले स्न्याचतर्फ ११८ र क्लिन एण्ड जर्कतर्फ १५० केजी भार उचालेका छन् ।

नेपाल प्रहरीका श्रीकृष्ण महर्जनले २ सय १५ केजी उचालेर रजत तथा मध्यमाञ्चलका उज्ज्वलकुमार झाले १७५ केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् । पुरुष र महिला गरी १५ तौल समुहमा हुने प्रतिस्पर्धामा मंगलवारसम्म १२ तौल समुहको प्रतिस्पर्धा सकिएको तथा तीन तौल समूहमा वुधवार प्रतिस्पर्धा हुने भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादवले जानकरी दिएका छन् ।
सोही कार्यक्रममा सांसद अशोक कुमार मण्डल र स्थानीय विकास अधिकारी सुदेव पोखरेलले खेलाडिहरुलाई मायाको चिनो प्रदान गरेका छन् ।