• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
इभर ग्रीन क्रिकेट टिम फाइनलमा प्रवेश

राजविराज, ११ पुस । सप्तरीको रुपनीमा संचालित रुपनी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा विजयी हुँदै राजविराजको इभर ग्रीन क्रिकेट टिम फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा स्टार क्रिकेट टिम बनरझुल्लालाई दुई विकेटले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ्ग गरेको बनरझुल्ला निर्धारित २० ओभरको खेलमा १८ ओभर ४ बलमा अलआउट हुँदै ११४ रन बनायो । अनुभव झा २० र अब्दुल्लाहले १८ रन बनाए । बलिङ्गतर्फ इभरग्रीनका अशोक मेहता ४ र जुगलकिशोर चौधरीले २ विकेट लिए ।
प््रतिउत्तरमा व्याटिङ्ग गर्न आएको इभरग्रीन १९ ओभर १ बलमा लक्ष्य प्राप्त ग¥यो । उसका लागि जुगलकिशोर चौधरी २७, रमित सिंह २२ रन बनाए । खेलको म्यान अफ द म्याच विजयी टिमका अशोक मेहता भए । उनलाई सद्भावनाका जिल्ला सचिव हरेराम यादवले पुरस्कार दिएको आयोजक च्याम्पियन्स क्ल्व रुपनीका मुकेश कर्णले बताए ।