• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

रुपनीमा स्थापना हुने भो दुध उत्पादन केन्द्र

रुपनीमा स्थापना हुने भो दुध उत्पादन केन्द्र

रुपनी १० पुस । रायपुर गाविस र आसपासका गाविसका बासिन्दालाई लक्षित गरी रुपनीमा दूध उत्पादन केन्द्र स्थापना हुने भएको छ ।
व्यवसायिक कृषि तथा व्यापार आयोजनाको सहयोगमा साई कृषि सहकारी संस्थाले रुपनी बजारमा दुध प्रशोधन तथा उत्पादन केन्द्र स्थापना गर्न लागेको हो । दुध संकलन गरी दही, ध्यू उत्पादन गर्नुका साथै उतm उत्पादनहरु विक्री वितरणका लागि सदरमुकाम राजविराज पुयाउने लक्ष्य उतm संस्थाले लिएको छ ।
दुध प्रशोधन तथा उत्पादन केन्द्र स्थापनाकालागि व्यवसायिक कृषि तथा व्यापार आयोजना बिराटनगरसँग सम्झौता भएको संस्थाका अध्यक्ष तेज नारायण यादवले जानकारी दिए । आयोजनावारे जानकारी दिने उदेश्यले उतm संस्थाले शनिवार रुपनीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष यादवले बताएका छन् ।
उनका अनुसार करिब ७० लाखको लागतमा स्थापना हुने प्रशोधन तथा उत्पादन केन्द्रको भौतिक पूर्वाधार तयार गर्न सहयोगी संस्थाले करिब ३५ लाख रुपैयाँ अनुदान दिने भएको छ । बाँकी रकम संस्थाले लगानी गर्ने उनले जानकारी दिए । दुई पक्षबीच गत मंसिर ९ गते भएको सम्झौता अनुसार अगामी पुस १४ गते भित्र भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न गरेर प्रशोधन तथा उत्पादन कार्य सुरु गर्नुपर्नेछ ।
संस्थाका अध्यक्ष तेज नारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजनाका मूल्यांकंन अधिकृत प्रेमकुमार यादव, जिल्ला कृषि विकास कार्यालय सप्तरीका छोटेलाल यादव, साना किसान सहकारी संस्थाका प्रमुख घनश्याम यादव, संस्थाका कार्यक्रम संयोजक संजय कुमार यादव लगायतले परियोजनावारे प्रकाश पारे । कार्यक्रममा स्थानीयबासिन्दा र स्थानीय सञ्चारकर्मी समेतको उपस्थिति थियो ।