• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

देउरीभरुवा गाविसमा वाल कचहरी सुनवाई कार्यक्रम

देउरीभरुवा गाविसमा वाल कचहरी सुनवाई कार्यक्रम

अरुण कुमार, राजविराज, १० पुस । वाल अधिकार र संरक्षण हामी सबैको सरोकार अन्तर्गत सप्तरीको देउरी भरुवा गाविसमा आइतवार वाल कचहरी सुनवाई कार्यक्रम सम्पन भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको वाल कचहरी सुनवाई कार्यक्रममा बाल विवाह कसरी रोक्ने, बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्ने, वालवालिकालाई उचित शिक्षा दिक्षा दिनुपर्ने र जिल्लामा भइरहेको बाल श्रम रोक्नुपर्ने सहितका बिषयमा स्थानिय वालवालिका तथा सरोकारबालाहरु बिच सुनवाई कार्यक्रम सम्पन भएको देउरी भरुवा गाविस समुदायिक परिचालक पुनम यादवले बताएकी छिन् ।
यहाँको बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य लगायत पिछडीएका वर्गाहरुलाई कसरी उचित शिक्षा दिक्षा दिनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा उपस्थित बालबालिकाहरुले उठाएका जिज्ञासाहरुको विषयमा विभिन्न सरोकारवालाहरुले जवाफ दिएका छन् ।
गाविस सचिव राजु कुमार झाको प्रमुख आतिथ्यमा सम्पन कार्यक्रमको अध्यक्षता गाउँ बाल संरक्षण समितिका अध्यक्ष राम प्रसाद यादवले गरेका थिए भने कार्यक्रम सञ्चालन संरक्षणका संचिव सन्तोष यादवले गरे ।