• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

आइतवारको खेलमा विष्णुपुर क्रिकेट टिम विजयी

आइतवारको खेलमा विष्णुपुर क्रिकेट टिम विजयी

राजविराज, १० पुस । सप्तरीको रुपनीमा च्याम्पिनयन्स क्लव रुपनीद्वारा सञ्चालित रुपनी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न खेलमा बिष्णुपुर क्रिकेट टिम विजयी भएको छ ।
विष्णुपुरले यङ्ग इलेभेन क्रिकेट टिम बरहीबीरपुरलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । टस जितेर पहिले व्याटिङ्ग गरेको बिष्णुपुर योगेन्द्र कार्कीको ५८ र सिद्धान्त लोहनीको २६ रनको मद्दतलृ निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ९० रन बनायो ।
बलिङ्गतर्फ बरहीबीरपुरका गुणानन्द राय ४ तथा उपेन्द्र रायले २ विकेट लिए । १ सय ९१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बरहीबीरपुर टिम १६ ओभर २ बलमा अलआउट हुँदै १ सय ६ रन मात्र बनाउन सक्यो । उसका लागि टोपेद्र राय ४१ र क्षेत्री रायले १५ रन बनाए । बलिङ्गतर्फ बिष्णुपुरका अजय राय ३ र ललित सिंहले २ विकेट लिए ।
खेलको म्यान अफ द म्याच विजयी टिमका योगेन्द्र कार्की भए । उनलाई नेपाली सेनाका पूर्व मेजर नर बहादुर राउतले पुरस्कार दिए । प्रतियोगिताको पहिलो सेमी फाइनल खेलमा इभर ग्रीन राजविराज र बनरझुल्ला क्रिकेट टिम सोमबार भिडने आयोजकका लालु यादवले जानकारी दिए ।