• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

राजविराज, १० पुस । सप्तरीको भारदह वडा–९ स्थित बलुवा गाउँमा शनिवार राती जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको आएको हात्तीको समूहको आक्रमणबाट अन्दाजी ६० वर्षिय रघुनाथ खङ्गको मृत्यु हो । घरमा सुतिरहेको अवस्थामा हात्तीले घरमा आक्रमण गरेपछि खङ्ग भागिरहेको अवस्थामा जङ्गली हात्तीले लखेटेर मारेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
मृतकको पोष्टमार्टमकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याईएको छ । हात्तीको समूहले मृतक खङ्गसहित अन्य किसानहरुको गहुँ बाली नष्ट गरेको छ ।