• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आयोजक ११ फाइनलमा प्रवेश

राजविराज, ९ पुस । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित भगवतपुरमा सञ्चालित चन्द्रभोगा कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा आयोजक ११ विजयी भएको छ ।
जितसँगै आयोजक ११ फाइनलमा प्रवेश गरेको हो । आयोजक ११ ले बाग्मती स्पोर्टस क्ल्व सर्लाहीलाई शून्यका बिरुद्व एक गोलले पराजित गरेको छ । खेलको ६० औं मिनेटमा आयोजकका केडी चौधरीले गरेको एक मात्र गोल निर्णायक रह्यो ।
शम्भुनाथ नगरपालिका वडा नम्बर ५,६ र ७ का स्थानियहरुद्वारा आयोजना गरिएको फुटबल प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । फाइनलमा आयोजक ११ सँगै महोत्तरी फुटबल टिमबीच प्रतिस्पर्धा हुने बताईएको छ ।