• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वकधुवा गाविसलाई वालमैत्री बनाउन तालिम

बोधराज सुवेदी, महुली, ९ पुस । सप्तरीको बकधुवामा शनिवारदेखि वाल मैत्री स्थानिय शासन सम्वन्धि तीन दिने अभिमुखीकरण तालिम शुरु भएको छ ।
वालमैत्री स्थानिय शासन अन्तरगत निर्धारित ३९ सुचकहरु पुरा गर्न स्थानिय स्तरका सरोकारवाहरुलाई जिम्मेवार वनाउन सो तालिमको आयोजना गरिएको हो । षौष ११ गतेसम्म सञ्चालन हुने उक्त तालिमले वकधुवालाई यथाशीघ्र वाल मैत्री गाविसको रुपमा घोषणा गर्ने उदेश्य पुरा गर्न सहयोग पुर्याउने गाविस सचिव तथा अध्यक्ष वालजीत राईले बताए ।
बकधुवा गाविसको प्रायोजनमा गाविस स्तरिय नवज्योति वाल सञ्जालको आयोजनामा शुरु भएको सो तालिममा स्थानिय वाल सञ्जाल, भिवास सिसी, विभिन्न सामाजिक संघसंस्था तथा विद्यालयका प्रतिनिधीहरु लगायत सरोकारवालाको सहभाकिगता रहेको आयोजक संस्थाले जनाएको छ । मुख्य प्रशिक्षक उपेन्द्र साह र जिल्ला विकास समिति अन्तरगत वालमैत्री कार्यक्रमका फोकल प्रसन किशोर झाले प्रशिक्षण दिइएको सो कार्यक्रममा वाल बचाउ, वाल संरक्षण, वाल विकाश र वाल सहभागिता सम्बन्धी विविध आयामहरुको वारेमा चर्चा गरिएको सचिव राईले जानकारी दिए ।