• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

विराट मेगा क्लव विरुद्ध महोत्तरी फुटबल टिमको जीत

विराट मेगा क्लव विरुद्ध महोत्तरी फुटबल टिमको जीत

राजविराज, ८ पुस । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित भगवतपुरमा जारी चन्द्रभोगा कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा महोत्तरी फुटबल टिम विजयी भएको छ ।
विराटनगरको विराट मेगा कप स्पोर्टस क्ल्वलाई एककाबिरुद्व दुई गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । खेल शुरु भएको १० औं मिनेटमा विराटनगरका कबिन्द्र चौधरीले गोल गर्दै टिमलाई अगाडि बढाएका थिए । २३ औं मिनेटमा महोत्तरीका अन्जान गुरुङ्गले गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।
४० औं मिनेटमा महोत्तरीकै प्रदीप लामाले गोल गर्दै टिमलाई जित दिलाए । शम्भुनाथ नगरपालिका वडा नम्बर ५,६ र ७ का बासिन्दा मिलेर आयोजना गरेको प्रतियोगिता अन्तर्गत अर्काे सेमी फाइनल खेल शनिबार हुनेछ । यो खेलमा आयोजक ११ र बागमती स्पोर्टस क्लव सर्लाहीबीच खेल हुने जनाईएको छ ।