• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

शुक्रवारको खेलमा फत्तेपुर क्रिकेट टिम विजयी

शुक्रवारको खेलमा फत्तेपुर क्रिकेट टिम विजयी

राजविराज, ८ पुस । च्याम्पियन्स क्ल्व रुपनीद्वारा रुपनीमा जारी रुपनी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा फत्तेपुर क्रिकेट टिम विजयी भएको छ ।

आयोजक च्याम्पियन्स क्ल्व रुपनी ए लाई आठ विकेटले पराजित गर्दै फत्तेपुर टिम सेमी फाइनलमा प्रवेश गरेको हो । खेलमा टस जितेर पहिले व्याटिङ्ग गरेको आयोजक टिम निर्धारित २० ओभरको खेलमध्ये १९ ओभर ४ बलमा अलआउट हुँदै ९० रन बनायो । उसका लागि किशोर विश्वकर्माले ४६ र सुनिल रोइलाले ११ रनको योगदान दिए । बलिङ्गतर्फ फत्तेपुरका रोशन मण्डल ४ र दीपक भुजेलले ३ विकेट लिए ।
९१ रनको विजयी लक्ष्य लिएर व्याटिङ्ग गर्न आएको फत्तेपुर टिम ११ ओभर ५ बलमा लक्ष्यलाई प्राप्त ग¥यो । लक्ष्य पार गर्ने क्रममा चन्द्रप्रकाश मेहता ५३ र रबी साहले २० रन बनाए । बलिङ्गतर्फ आयोजक टिमका सुरेन साहले एक विकेट लिए ।
खेलमा विजयी टिमका रोशन मण्डल म्यान अफ द म्याच घोषित भए । उनलाई स्थानिय इन्जिनियर कृष्णदेव यादवले पुरस्कार बितरण गरे । प्रतियोगिता अन्तर्गत शुक्रबार हुने खेलमा कल्याणपुरबिरुद्व सिरहाले प्रतिस्पर्धा गर्ने आयोजकका किशोर विकले बताए ।