• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सार्वजनिक भयो एक मिशाल

वीरगञ्ज, ८ पुस । ‘लभ एन्थम’को दोस्रो गीत औपचारिक रुपमा सार्वजनिक भएको छ ।
पछिल्लो समय वीरगञ्जमा रोमान्टिक गायकका रुपमा चिनिएका गायक तथा संगीतकार अनुप तिवारी को एल्बम लभ एन्थमको दोस्रो गीत रहेको छ एक मिशाल । सो गीतमा स्वर अनुप तिवारी र वीरगञ्ज आइडल सुरभी मिश्राको रहेको छ भने शब्द र संगीत अनुप तिवारीकै रहेको छ ।
यसैगरि यस गीतमा मोहित मुनालको रहेको छ । रियल टाइम्स् क्रिएशन र संग्स नेपालको सहकार्यमा निर्माण गरिएको सो गीत संग्स नेपालको युट्युब चैनल मार्फत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएको केही बेरमै आफुलाई धेरै मानिसले बधाई दिन फोन गरेको र सो क्रम अझै पनि जारी रहेको गायक तिवारीले बताए ।
लभ एन्थमको पहिलो गीत म जुन तिमी तारा यस अगाडी नै चर्चाको शिखरमा पुगिसकेको छ । यो गीतले पनि दर्शक श्रोताको माया पाउदै मिशाल नै कायम गर्ने गायक तिवारीले बताए ।