• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बिहीबारको खेलमा बाग्मती युवा क्लव सर्लाही विजयी

बिहीबारको खेलमा बाग्मती युवा क्लव सर्लाही विजयी

राजविराज, ७ पुस । सप्तरीको शम्भुनाथ गाविसस्थित भगवतपुरमा जारी चन्द्रभोगा कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा बाग्मती युवा क्लव सर्लाही विजयी भएको छ ।
सर्लाहीले टाइब्रेकरमा झुम्का स्पोर्टस क्ल्व झुम्कालाई पराजित गर्दै विजयी भएको हो । खेलको निर्धारित समयभित्र कुनै पनि टिमले गोल गर्न नसक्दा टाइब्रेकर खेलाइएको हो । टाइब्रेकरमा सर्लाहीले चार गोल ग¥यो भने सुनसरीले दुई गोल मात्रै फर्काउन सक्यो । बागमतीको तर्फबाट सुशील यादव, सुन्दर लामा, अनन्त भुजेल र विवेक लामाले एक÷एक गोल गरे ।
सुनसरीको तर्फबाट मनिन्द याख्खा र जीवन चौधरीले एक÷एक गोल गरे । प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो सेमी फाइनल खेलमा मेगा स्पोर्टस क्ल्व विराटनगर र महोत्तरी एकेडेमी स्पोर्टस क्लव भिड्ने आयोजकले जनाएको छ । शम्भुनाथ नगरपालिका वडा नम्बर ५, ६ र ७ का बासिन्दाद्वारा यो फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।