राजविराज, ७ पुस । च्याम्पियन्स क्लव रुपनीद्वारा रायपुरको रुपनीमा संचालन गरिएको रुपनी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा सप्तरीको बरहीबीरपुरस्थित यङ्ग स्टार क्रिकेट टिम विजयी भएको छ ।
बरहीबीरपुरले महोत्तरीको गौशाला क्रिकेट टिमलाई पराजित गरेको हो । उसले महोत्तरीलाई ७ विकेटले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ्ग गरेको महोत्तरी निर्धारित २० ओभरको खेलमा १९ ओभरमा अलआयट भई ७४ रन बनायो । यो स्कोर बनाउने क्रममा दीपक कर्ण २१ र दीपेश यादवले १८ रनको योगदान दिए ।
बलिङ्गतर्फ बरहीबीरपुरका रमेश यादवले ४ तथा गुणानन्द रायले तीन विकेट लिए । प्रतिउत्तरमा व्याटिङ्ग गर्न आएको बरहीबीरपुर नौ ओभरमा ७५ रन बनाउँदै विजयी भयो । लक्ष्य भेटाउने क्रममा तीन विकेट गुमाएको बरहीबीरपुरका लागि सिमन्त राय १८ र गुणानन्द रायले २७ रन बनाए । बलिङ्गतर्फ महोत्तरीका दिपेश यादव २ र गणेश श्रेष्ठले एक विकेट लिए । खेलको म्यान अफ द म्याच विजयी टिमका गुणानन्द राय घोषित भए । उनलाई स्थानीय युवा व्यापारी अनिल चौधरीले पुरस्कार बितरण गरे । प्रतियोगिता अन्तर्गत बिहीबारदेखि क्वार्टर फाइनलको खेल शुरु हुनेछ । पहिलो क्वार्टर फाइनल खेल आयोजक रुपनी ए र फत्तेपुर टिमबीच हुने आयोजकका उपाध्यक्ष सुनिल रोइतले जानकारी दिएका छन् ।