Top_Header_Right_Add

एमालेको कार्यशैलीले देश अनिश्चितकालीन गृहयुद्धतर्फः गठबन्धन

एमालेको कार्यशैलीले देश अनिश्चितकालीन गृहयुद्धतर्फः गठबन्धन

राजविराज, ७ पुस । नेकपा एमालेले दिएको नश्लीय अभिव्यक्तिले देशमा जातीय, सामाजिक सहिष्णुतालाई भड्काउने र देशलाई विभाजन गर्नेतर्फ उन्मुख गर्ने कार्य गरेको सङ्घीय गठबन्धनले ठहर गरेको छ ।
सङ्घीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा विहीवार बसेको बैठकले यस्तो ठहर गरेको हो । एमालेको कार्यशैलीले राष्ट्रिय एकतालाई कमजोर गरी देशलाई अनिश्चिकालीन गृहयुद्धतर्फ धकेल्ने गतिविधिको गठबन्धनले कडा शब्दमा भत्र्सना गरेको छ ।
गठबन्धनका संयोजक उपेन्द्र यादवले विहीवार प्रेस विज्ञप्ति जारी गर्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिहरुलाई धरापमा पारी देशलाई प्रतिगमनतर्फ धकेल्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन् । आगामी एकसाताभित्र गठबन्धनले काठमाण्डौमा बृहत अन्तरक्रिया, तथा १० ओटै प्रदेशमा अन्तरक्रियासहित निर्णायक आन्दोलनकालागि जनमत तयार गर्ने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । सरकारसँग भएको तीन बुँदे सहमती अनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनसहित व्यवस्थापिका संसदमा अविलम्व प्रक्रिया अगाडि बढाउन गठबन्धनले माग गरेको छ ।

सङ्घीय गठबन्धनको  प्रेस विज्ञप्ति

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer