वीरगञ्ज, ७ पुस । नेपाल सदभावना पार्टीका केन्द्रीय अध्यक्ष अनिल कुमार झाले नेकपा एमाले संसद अवरुद्ध गरी अलोकतान्त्रिक एवम् गैरजिम्मेवारपूर्ण कार्य गरिरहेको बताएका छन् ।
पर्सा जिल्लामा विहीवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।संबिधान संशोधन बिधेयक अपुरो भए पनि बिधि र प्रक्रियाबाटै समाधान गर्नुपर्नेमा जोड दिए । संबिधान संशोधन र मधेसको मांग सम्बोधन नगरी देशमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने जिकिर गर्दै वर्तमान राजनितिक गतिरोध अन्त्यको लागि सम्पुर्ण दलहरु मिल्नुको विकल्प नरहेको दावी गरे ।
पर्सा जिल्ला अध्यक्ष मनोज कर्णको अध्यक्षतामा आयोजना गरिक्एो कार्यक्रममा प्रमुख अतिथी अनिल कुमार झा, बिशिष्ट अतिथी पार्टीका महासचिव शिव पटेल, श्रीमननारायण मिश्र, पुर्व केन्द्रीय सदस्य चन्द्रभुषण साह, नन्दकिशोर प्रसाद कलवार, केन्द्रीय सदसय सञ्जय पाण्डे, केन्द्रीय संसदीय समिति सदस्य जयमङ्गल सिंह, केन्द्रीय अनुशासन समिति सदस्य नागेन्द्र सिंह, पप्पु पटेल, जिल्ला उपाध्यक्ष भागरिथ मुखिया बिन, पार्टीका पर्सा सचिव कृष्णा पटेल, महिला नेतृ मुन्नी श्रीवास्तव, अनिता रौनियार, सुनिता अग्रवाल, संगीता तिवारी, नगर अध्यक्ष भरत सर्राफलगायतको उपस्थिती रहेको थियो