• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बुधवारको खेलमा विराट मेघा स्पोर्टस क्लव विजयी

बुधवारको खेलमा विराट मेघा स्पोर्टस क्लव विजयी

राजविराज, ६ पुस । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित भगवतपुरमा जारी चन्द्रभोगा कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा विराटनगरको विराट मेघा स्पोर्टस क्लव विजयी भएको छ ।
विराटनगरले सिरहाको गोलबजार स्पोर्टस क्ल्वलाई एकका विरुद्व दुई गोलले पराजित गरेको छ । खेलको शुरुमा गोलबजारका श्रवण मण्डलले ५० औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाएपनि उनको गोलले काम गर्न सकेन् ।
खेलको ६२ औं मिनेटमा गोल फर्काउँदै विराटनगरका बिन्द्र चौधरीले टिमलाई बराबरीमा ल्याईपु¥याए । चौधरीले नै ७५ औं मिनेटमा अर्काे गोल थप्दै टिमलाई जिताए । प््रतियोगिता अन्तर्गत बिहीबार हुने खेलमा बाग्मती स्पोर्टस क्लव सर्लाहीसँग सुनसरीको झुम्का स्पोर्टस क्लव भिड्ने आयोजकका अध्यक्ष बिरेन्द्र चौधरीले जानकारी दिए । शम्भुनाथ नगरपालिका वडा नम्बर ५,६ र ७ का बासिन्दाहरु मिलेर यो फुटबल प्रतियोगिताको आयोजना गरेका हुन् ।