राजविराज, ३ पुस । मानव अधिकार वर्ष पुस्तक २०१६ का लागि इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलद्वारा सार्वजनिक गरिएको प्रतिवेदनप्रति जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले गम्भीर आपत्ति जनाएको छ ।
मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदनप्रति आपत्ति जनाएका हुन् । मानव अधिकार तथा सामाजिक न्यायका निम्ति स्थापित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को जिल्ला प्रतिनिधिद्वारा प्रस्तुत गरिएको सत्य, तथ्य, निष्पक्ष र स्वतन्त्र प्रतिवेदन नभएर मधेश र मधेशी विरोधीको रुपमा कुख्याती कमाएका पार्टी नेकपा(एमाले)का भातृसंगठनको जिल्ला कर्यकत्र्ताद्वारा सम्प्रेषित भेदभावपूर्ण, भ्रामक, आपत्तिजनक र बदनियतपूर्ण भएको प्रेस विज्ञप्तिमा आरोप लगाईएको छ ।
‘पोखरेलद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नेकपा(एमाले)लाई कार्यक्रम गर्न नदिने भनी जारी गरिएको विज्ञप्तिको संन्दर्भ उल्लेख छ’ राजविराज नपा—१ स्थित जिल्ला प्रशासन कार्यालयमा २०७३ मंसीर १२ गते डिस्पोज गर्न खोजिएको कुकर बम विष्फोट हुँदा ४ जना सुरक्षाकर्मी घाइते भए, जसको जिम्मा जयकृष्णगोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले लियो, प्रहरीले बम विष्फोट गराएको आरोपमा प्रसवनी गाविस—७ घर भई राजविराज नपा—५ वस्ने ३० वर्षीय भवानी प्रसाद अरगरिया यादव र सिरहाको गौरीपुर गाविस—५ का ५० वर्षीय नथुनी यादवलाई मंसीर १८ गते गिरफ्तार गरिएको प्रतिवेदनमा उल्लेख छ ।’ तर मंसीर २० गते आफूहरुले भवानी र नथुनीको हाम्रो जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)सँग कुनै प्रकारको सम्वन्ध र संलग्नता समेत न रहेको भनी जारी गरिएको विज्ञप्तिको संन्दर्भमा प्रतिवेदनमा उल्लेख नरहेको विज्ञप्तिमा उल्लेख छ ।
यथार्थलाई प्रस्तुत गर्नु सत्यनिष्ठ मानवअधिकारकर्मीको कत्र्तव्य मात्र नभई उच्च नैतिक धर्म भएको भन्दै मानवअधिकारकर्मीको नाममा प्रस्तुत गरिने यस्ता द्वैषपूर्ण प्रतिवेदनले सिंगो मानव अधिकारवादी आन्दोलनलाई कलंकित मात्र नभई प्रहरीलाई मानव अधिकार हनन् ,उल्लंघन र ज्यादतीकोलागि प्रोत्साहित गर्ने आरोप गोइतद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ । ‘मानव अधिकार विश्वका सबै मानवकोलागि एक समान हुने छन् चाहे उसको मूल, वंश, धर्म, लिग तथा राष्ट्रियता जे सुके होस तर यो सत्य हो कि आजसम्म तराईका मूल निवासी(मधेशी)को मानवीय अस्तित्वलाई जसरी नेपाली(पहाडी) राज्य, समाज र सञ्चारले स्वीकार्न चाहेको छैन, त्यसरी नै नेपाली(पहाडी) मानवअधिकारवादीले पनि स्वीकार्न चाहेको छैन’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ।’
हेर्नुस् विस्तृत प्रेस विज्ञप्ति
जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)
केन्द्रिय समिति
स्था.–वि.स.२०६१(२००४ई.स.)
प्रेस विज्ञप्ति
२०७३ मंसीर २८ गते मानव अधिकार वर्ष पुस्तक २०१६ को लागि इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलद्वारा सार्वजनिक गरिएको प्रतिवेदन सामाजिक संजालमा पढेर हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । मनव अधिकार तथा सामाजिक न्यायका निम्ति स्थापित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को जिल्ला प्रतिनिधिद्वारा प्रस्तुत गरिएको सत्य, तथ्य, निष्पक्ष र स्वतन्त्र प्रतिवेदन नभए मधेश र मधेशी विरोधीको रुपमा कुख्यति कमाएका पार्टी नेकपा(एमाले)का भातृसंगठनको जिल्ला कर्यकत्र्ताद्वारा सम्प्रेषित भेदभावपूर्ण, भ्रामक, आपत्तिजनकर र बदनियतपूर्ण भएको हाम्रो ठहर छ । पोखरेलद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नेकपा(एमाले)लाई कार्यक्रम गर्न नदिने भनी जारी गरिएको विज्ञप्तिको संन्दर्भ उल्लेख छ ।
राजविराज नपा—१ स्थित जिल्ला प्रशासन कार्यालयमा २०७३ मंसीर १२ गते डिस्पोज गर्न खोजिएको कुकर बम विष्फोट हुँदा ४ जना सुरक्षाकर्मी घाइते भए । जस्को जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले लियो । प्रहरीले बम विष्फोट गराएको आरोपमा प्रसवनी गाविस—७ घर भई राजविराज नपा—५ वस्ने ३० वर्षीय भवानी प्रसाद अरगरिया यादव र सिरहाको गौरीपुर गाविस—५ का ५० वर्षीय नथुनी यादवलाई मंसीर १८ गते गिरफ्तार गरिएको प्रतिवेदनमा उल्लेख छ । तर मंसीर २० गते हामीले भवानी र नथुनीको हाम्रो जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)संग कुनै प्रकारको सम्बन्ध न रहेको साथै यस वीरतापूर्ण काममा कुनै संलग्नता समेत न रहेको भनी जारी गरिएको विज्ञप्तिको संन्दर्भमा प्रतिवेदनमा उल्लेख छैन । यथार्थलाई प्रस्तुत गर्नु सत्यनिष्ठ मानवअधिकारकर्मीको कत्र्तव्य मात्रै होइन उच्च नैतिक धर्म पनि हो । मानवअधिकारकर्मीको नाममा प्रस्तुत गरिने यस्ता द्वैषपूर्ण प्रतिवेदनले सिंगो मानवअधिकारवादी आन्दोलनलाई कलंकित मात्रै गर्दैन प्रहरीलाई मानव अधिकार हनन् ,उल्लंघन र ज्यादतीको लागि प्रोतसाहित गर्द छ ।
मनव एक विवेकपूर्ण प्राणी हो र उसको आफ्नो गरिमा बनाए राख्नको लागि केहि अधिकार जन्मदेखि नै निहित हुन जान्छन् । अतः मानव अधिकार विश्वका सबै मानवको लागि एक समान हुन छन् चाहे उसको मूल, वंश, धर्म, लिग तथा राष्ट्रीयता जे सुके होस । तर यो सत्य हो कि आजसम्म तराईका मूल निवासी(मधेशी)को मानवीय अस्तित्वलाई जसरी नेपाली(पहाडी) राज्य, समाज र सञ्चारले स्वीकार्न चाहेको छैन त्यसरी नै नेपाली(पहाडी) मानवअधिकारवादीले पनि स्वीकार्न चाहेको छैन । तराईका मूल निवासीको सन्दर्भमा नेपाली(पहाडी) मानवअधिकारवादी संघ–संस्थाका नेपाली(पहाडी) मानवअधिकारकर्मी मानव अधिकारको विश्वव्यापी मान्यता विपरीत रहेको संयुक्त राष्ट्र सघीय मानव अधिकार उच्चायुक्तको साथै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुलाई यसै विज्ञप्ति मार्पmत जानकारी गराउन चाहन्छौं र तराईमा नेपाली(पहाडी) मुक्त मानव अधिकारकर्मी तथा मानव अधिकारवादी संघ–संस्थाको लागि अनुरोध गर्द छौं ।
(जयकृष्ण गोइत)
अध्यक्ष
केन्द्रिय समिति
जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)