• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विचार

सिजरियन सेक्सन र अपरेशन गरेर बच्चा जन्माउँदा बिचार पुरयाउनुपर्ने कुराहरु

सिजरियन सेक्सन र अपरेशन गरेर बच्चा जन्माउँदा बिचार पुरयाउनुपर्ने कुराहरु
बिनोद अधिकारी

बिनोद अधिकारी 
पछिल्लो एक दशक यता संसारभर सिजरियन सेक्सन अर्थात सिएस( अपरेशनबाट प्रसुति गराउने क्रम ह्वात्तै बढेको पाइन्छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन ।
आमाको नितम्बको साइज सानो भएको अबस्थामा र सानो नितम्बका कारण आमा र बच्चा दुबैको जीवन खतरामा रहेको अबस्थामा बच्चा जन्माउनका लागि सिजरियन सेक्सन अपरेशन गर्नुपर्ने हुन्छ । नितम्बको आकार सानो भएका महिलाहरुले सामान्य तरिकाबाट बच्चा जन्माउँदा आमाको जीन (अनुबंशिक गुण) अघिल्लो पिढीमा नसर्ने संभाबना रहन्छ तर सिजरियनबाट जन्माउँदा भने यो समस्या नहुने चिकित्सकहरुको भनाई छ
सिजरियन सेक्सन अर्थात सिएस अपरेशन गर्नुपर्ने अन्य थुप्रै कारणहरु पनि रहेका छन् । आम रुपमा मानिसहरुको मान्यता के पनि छ भने प्रसुति सामान्य प्रक्रियाबाट गर्ने कि सिजरियनबाट गर्ने भन्ने कुरा प्रसब पिडा भएकी महिला आफैंले तय गर्न सक्छन् । तर प्रसबको समयमा बच्चाको घाँटीमा नाल बेरीएको अबस्था, बच्चाले पेटभित्र नै दिसा गरेको अबस्था, प्रशबको समय लम्बिदै गएर बच्चाको र आमाको जिवन जोखिममा रहेको अबस्थामा आकस्मिक रुपमा सिजरियन सेक्सन अर्थात सिएस गर्नुपर्ने हुन्छ ।
सिजरियन अपरेशनबारे भ्रम र यथार्थ
नितम्बको एक्स–रेबाट प्रसुति पद्धती तय गर्न सकिँदैन । यदि तपाईं होचो हुनुहुन्छ या तपाईंको खुट्टा छोटो छ भने यसको मतलव यो होइन कि तपाईंको डेलिभरी सामान्य हुनेछ । यदि तपाईंको बच्चाको टाउको ठूलो छ भने यसको मतलव यो होइन कि तपाईंको डेलिभरी सिजरियनबाटै गरिनुपर्छ । यदि तपाईंले पहिलो बच्चा सिजरियनबाट जन्माउनुभएको छ भने दोस्रो बच्चा पनि सिजरियनबाटै हुन्छ भन्ने हुँदैन ।
कुन बेला सिजरियनको निर्णय गर्ने ?
गर्भमा जुम्ल्याहा बच्चा रहेको अबस्थामा र जुम्ल्याहा बच्चा जन्मने निश्चित भएको अबस्थामा । बच्चाको टाउको माथि फर्केर रहेको वा पाठेघरमा बच्चा उल्टो परेर बसेको अबस्थामा । डेलिभरी तोकिएको समयभन्दा पहिले नै हुन लागेको अबस्था । गर्भनाल थुनिएको अबस्थामा र गर्भबती एजआईभी, हेपाटाइटिस वा अन्य भाइरस संक्रमित भएको खण्डमा ।
सिजरियन गर्नुपर्ने आकस्मिक अवस्था
आमा र बच्चाको स्वास्थ्यमा खतरा देखिएमा । प्रशवको समयमा आमालाई पीडा भइरहेको छैन भने । आमाको योनीबाट डेलिभरी या गर्भावस्थाको दौरान एम्नियोटिक फ्ल्युड वा रगत बगेको छ भने तुरुन्त सिजरियन सेक्सन अपरेशन गरी आमा र बच्चा दुबैको जिबन सुरक्षित गर्नुपर्ने हुन्छ ।
( लेखक अधिकारी काठमाडौं धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका सञ्चार तथा जनसम्पर्क व्यव्स्थापक हुन् । )