वीरगञ्ज ३० मंसिर । प्राज्ञिक विद्यार्थी परिषद नेपाल वीरगञ्ज शाखाद्वारा विहीवार वक्तृत्वकला प्रतियोगिता आयोजना गरियो ।
वीरगञ्जमा रहेको अनुभुति कलेजको सभा हलमा सम्पन्न भएको प्रतियोगितामा १३ विधार्थीले सहभागिता जनाएका थिए । राष्ट्रका लागि युवा विषय राखिएको सो प्रतियोगितामा विवेक कर्ण प्रथम, रानी साह द्वितीय, धर्मेन्द्र पटेल तृतिय र श्याम गुप्ताले सान्तवना हात पारे । सो प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई प्राज्ञिक विधार्थी परिषदका पदाधिकारी एवम् अनुभुति कलेजका शिक्षक लगायतले टीका लगाई पुरस्कृत गरे । कार्यक्रममा बोल्दै वक्ताहरुले राष्ट्र निर्माणकालागि युवा भुमिका अपरिर्हाय रहेको बताए । प्राज्ञिक विद्यार्थी परिषदका जिल्ला सचिव विष्णु पंगेनीको सभापतित्वमा सम्पन्न प्रतियोगितामा अनुभुति कलेजका निर्देशक राम दास, शिक्षक संतोष पुरी, राकेश साह, कलेजका विधार्थी लगायतकाको सहभागिता रहेको थियो ।